सनत सापकोटा

अघिपछि खासै वास्ता हुँदैनथ्यो । तर वर्षमा एक दिन भने आफू छोरा भएर जन्मिएकोमा मलाई सारै नरमाइलो लाग्थ्यो । त्यो दिन हुन्थ्यो, दसैँको टीकाको दिन । त्यो दिन मलाई छोरो जनाउने आफ्नो अंगप्रति नै घुणा जागेर आउँथ्यो ।

हजुरबा, हजुरआमा, बाआमा र अंकलअन्टी मलाई र भाइलाई टीका लगाएपछि भन्नुहुन्थ्यो– ‘क्यार्छौ त, छोरी भएको भए दक्षिना पाउँथ्यौ । छोरा भएर जन्मियौ १’
साइँलाबा अझ हाम्रा गुप्ताङ्गतिर औँलो तेस्र्याएर जिस्क्याउनुहुन्थ्यो– ‘दक्षिना लिनी हो भने यो काट्न पर्च, हुन्च रु’

हामी दाजुभाइ ङिच्च पथ्र्यौं । हाम्रो अँध्यारो अनुहार देखेर आमा भन्नुहुन्थ्यो– ‘तिमेरुले मामाघर पाउँछौ नि त दक्षिना, योभन्दा डबल ।’

दिदी, बहिनीहरूलाई भने सबैले टीका लगाएर दक्षिणा दिन्थे । उनीहरू घरमा पनि दक्षिणा पाउँथे, मावलीमा पनि । उनीहरू दसैँमा थुप्रै दक्षिणा जम्मा गर्थे । यस्तो बेला बहिनीहरूप्रति पनि अलिकति इष्र्या जाग्थ्यो ।

तर हामीलाई भने घरमा कहिल्यै दक्षिणा दिइएन । त्यसैले होला बाल्यकालमा हामीलाई घरको टीकाको त्यति महत्व भएन जति मामाघरको हुन्थ्यो । सायद यही अभाव पूर्ति गर्न हामी घरको टीका चाँडो चाँडो भ्याएर मामाघर जाने हतारमा हुन्थ्यौँ । मामाघरमा भने छिमेकी घरमा समेत टीका लगाएर हामीलाई धेरथोर दक्षिाणा मिल्थ्यो ।

हामीलाई मात्र दक्षिणासँग मतलब थियो । टीका लगाएर कसैले दक्षिणा दिएन भने हामी मनमनै उसलाई सराप्थ्यौँ । दक्षिणा नदिने घर वा थोरै दक्षिणा दिने घर हाम्रो प्राथमिकतामा पर्दैनथे । सानो भएकाले आफूले दिनुपर्नेलाई दक्षिणा दिनुपर्ने बाध्यता पनि हामीलाई थिएन ।

यो करिब २०४७ सालअघिको कुरा हो, जब म सानै थिएँ । कान्छाबा पनि मभन्दा केही वर्षले मात्र जेठो हुनुहुन्थ्यो । हाम्रो जस्तै अवस्था घरमा कान्छाबाको पनि थियो । त्यसैले हाम्रो पीडा मिल्थ्यो, मन मिल्थ्यो र मतो पनि मिल्थ्यो ।

दसैँमा हाम्रो छुट्टै योजना बन्थ्यो । घरमा टीकोटालो सिध्दिएकै हुँदैनथ्यो । तर हामी भने हतारहतार घरका मान्यजनसँग टीका लगाएर मामाघरतिर कुदिहाल्थ्यौँ ।

दशमीको एक दिन मात्र हाम्रो टीका हुन्थ्यो । त्यसैले त्यो दिनजस्तो हतार हामीलाई कहिल्यै हुँदैनथ्यो । पुग्नुपर्ने ठाउँमा त्यो दिन पुगेन भने दक्षिणा त गयो १

हाम्रै गाउँमा पनि पश्चिमी समाजका मानिसहरू पूर्णिमासम्म निधारमा रातो टीका र कानमा जमरा सिउरिएर हिँड्थे । तर हाम्रो पूर्वेली समाजमा भने टीका एक दिन मात्र हुन्थ्यो । यो देखेर हामीलाई रिस उठ्थ्यो । ‘पाँच दिनसम्म टीका लगाउनु नि १ पुग्नुपर्ने ठाउँमा ढुक्कले त पुग्न सकिन्थ्यो १’

घरका ठूला मान्छेलाई टीका थाप्न आउने आफन्तलाई कुर्नुपर्ने हुन्थ्यो तर हामीलाई भने यस्तो बाध्यता थिएन । टीकाको दिन खाने कुरामा पनि त्यति लोभ हुँदैनथ्यो, जति दक्षिणाको हुन्थ्यो ।

दसैँका दिन कान्छाबा र मेरो गन्तव्य एउटै हुन्थ्यो । बा अर्थात अंकलहरूको मावली तिल्कानामा थियो । मेरो मावली तमौलीपुरमा । दुवै ठाउँ भारतीय सीमा क्षेत्रनजिक करिब ५–७ किलोमिटरको दूरीमा छन् ।

बाका मावली मेरा बूढा मावली भए । त्यहाँ मलाई पनि दक्षिणा मिल्ने नै भयो । कान्छाबाका लागि मेरो मावली दाइको ससुराली भयो । त्यहाँ कान्छाबाले पनि ज्वाइँका थान्कामा दक्षिणा पाउनुहुने नै भयो । त्यसैले दुवै ठाउँ हाम्रा लागि आकर्षक थिए । फेरि ती दुवै ठाउँमा पाइने दक्षिणा पनि आकर्षक नै हुन्थे । त्यसैले टीका भएसम्म ती दुवै ठाउँ हामी छुटाउँदैनथ्यौँ ।

टीका थाप्नुपूर्व नै हामीले यस वर्षको दक्षिणाको हिसाबकिताब गरिसकेका हुन्थ्यौँ । हाम्रो त्यो हिसाब ठ्याक्कै नमिले पनि करिब–करिब मिल्न आउँथ्यो । कान्छाबा अलि ठूलो भएकाले १०–१५ रुपैयाँ उहाँको बढी हुन्थ्यो । हामी एउटा ‘टार्जेट’ लिएर टीका थाप्ने धपेडीमा हुन्थ्यौँ ।

हामी कहिले राजापुर, तिल्काना, पहाडीपुर हुँदै तमौलीपुर पुग्थ्यौँ । त्यो दिनको बास तमौलीपुरमा हुन्थ्यो । कहिले तमौलीपुर, पहाडीपुर, तिल्काना हुँदै राजापुर ९तिल्काना राजापुर० पुग्थ्यौँ । त्यो रातको बास भने राजापुरबाट फर्किएर तिल्कानामा हुन्थ्यो । खै कुन मनोविज्ञानले काम गरेको थियो कुन्नि, हामी राजापुरमा रात बिताउन त्यति मन गर्दैनथ्यौँ ।

कान्छाबाको जोड आफ्नो मावलीमा बास बस्ने गरी रुट मिलाउने हुन्थ्यो भने मेरो जोड मेरो मावलीमा बास बस्ने गरी । त्यसैले बास बस्ने कुरामा पनि रोटेसन मिलाएका थियौँ ।

हामी बाटोमा पर्ने दक्षिणा आउने एउटै घर पनि नछुटाई पस्थ्यौँ । ‘कोही नछुटुन्, कोही नदोहोरियून्’ भन्ने मान्यतामा हामी प्रतिबद्ध थियौँ ।

मेरो मावली मात्र नभएर मावली पर्ने सबै घर र कान्छाबाको मावली मात्र नभएर मावली पर्ने सबै घर छुट्दैनथे, चाहे रातको १२ किन नबजोस् । कुरो दक्षिणाको जो थियो १

२०४७ सालकै कुरा हुनुपर्छ । हामी घरको टीका भ्याएर मावली जान भनेर हिँड्यौँ । अंकल–भतिजको पैदलमार्च सुरु भयो । यसपालि हाम्रो रुट थियो– माछागढ टु तमौलीपुर । तमौलीपुर टु पहाडीपुर–तिल्काना–राजापुर–तिल्काना । यदि कसै नभ्याइने भयो भने हामी राजापुरलाई हापिदिन्थ्यौँ । यद्यपि राजापुर हाप्नुपरेकोमा हामीलाई भोलिपल्ट पछुतो हुन्थ्यो ।

कान्छाबा र म तमौलीपुर जान भनेर हिँड्यौँ । बाटोमा हाम्रो ‘ट्रान्जिट’ कहीँ थिएन । बाटोमा हाम्रा गफ पनि प्रायः दक्षिणाकै विषयलाई लिएर हुन्थे । आफ्नै मावलीमा पनि हामीले दक्षिणा बढी आउने र दक्षिणा कम आउने घर छुट्याएका थियौँ । बाका साइँला मामा अर्थात ब्रह्मानन्द सर र कान्छा मामा सदानन्द सरका घर दक्षिणाका कारण हाम्रा प्रमुख आकर्षणका केन्द्र थिए । त्यसैगरी, मेरा मावलीमा कान्छा मामा अर्थात रुद्र सरको घर आकर्षक थियो । त्यहाँ मिल्ने दक्षिणा प्रत्येक वर्ष थपिएर आउँथ्यो, कर्मचारीको महँगी भत्ता थपिएझैँ । दसैँमा यी घर ज्यान गए छुट्दैनथे ।

हामीले मेरो मामाघरमा क्रमैसँग टीका थाप्यौँ । पाएका दक्षिणा सुरक्षित तरिकाले खल्तीमा राख्यौँ । माइजुले प्रसाद दिनुभयो । प्रसाद खाएपछि हामीले हतारो देखायौँ । हाम्रो हतारो बुझेपछि मामाले भन्नुभयो, ‘हैन यतिबेला काँ जानी हो रु आज यतै बसे हुन्न रु’

‘तिल्काना मामाकाँ जान परेन १’ कान्छाबाले भन्नुभयो । तमौलीपुरमै साँझ पर्न आँटेको थियो । दसैँको दिन भएकाले साँझ त के रातै परे पनि समस्या थिएन । आधारातसम्म पनि दसैँका दिन बाटोमा टीका थाप्न आउनेजानेको आहोरदोहोर भइराख्थ्यो । हामी जाने नै भएपछि मामाले भन्नुभयो, ‘जानी नै हो भने ढिलो नअर्नोस् त नि १’

हामी त्यहाँबाट हिँड्यौँ । खोलो तरेर रानीपुर पुग्यौँ । रानीपुर, तमौलीपुरतिर माइती, मावली, ससुराली हुनेहरू टीका थाप्न हिँडिरहेका थिए । बाटाका प्रायः घरहरूमा आफन्तहरू टीका थापिरहेका दृश्य देखिन्थे । हाम्रा जस्तै ती पनि त आखिर कसैका मावली ससुराली घर थिए ।

हामी पहाडीपुर पुग्यौँ । त्यहाँ बाहरूका ठूला मामा सूर्यानन्द सुबेदीको घर थियो । हाम्रो ध्याउन्न घरमा धेरै जना हुन् र सबैले टीका लगाएर दक्षिणा दिऊन् भन्ने हुन्थ्यो ।

दक्षिणाबाहेक हामीलाई अरू कुरासँग सरोकार थिएन । खाने कुरामा हामीलाई कत्ति पनि रुचि हुँदैनथ्यो । अलिअलि खाँदाखाँदै पनि त्यस दिन पेट घट्न पाएको हुँदैनथ्यो ।

एउटा घरबाट टीका लगाएर निस्किएपछि हामी दक्षिणा कति छ भनेर हेरिहाल्थ्यौँ । हामीलाई कुर्ने धैर्य हुँदैनथ्यो । आफूले अनुमान गरेभन्दा बढी छ भने मक्ख पथ्र्यौं, कम छ भने खिस्रिक्क १

पहाडीपुरमा टीका लगाएपछि हामी तिल्कानातिर अघि बढ्यौँ । साइँला हजुरबा अर्थात ब्रह्मानन्द सरको घर आउनुअघि अलि भित्रपट्टि एउटा घर थियो ।

‘ओए केटा त्यो घरमा पस्नी हो रु’ कान्छाबाले भन्नुभयो ।

‘कसको घर हो र रु’ मैले सोधेँ ।

‘हाम्रा मामाका दाजुभाइ पर्छन् ।’

मलाई त्यो कुरा थाहा थिएन । हामी यसअघि कहिल्यै टीका लगाउन त्यो घर पसेका पनि थिएनौँ । तर यसपालि हाम्रो ‘टार्जेट’ पूरा नहोला जस्तो थियो ।
‘ए त्यसो भए पसम् न त,’ मैले भनेँ, ‘यो घर पाँच रुपियाँ दिए भने मेरो पनि १ सय ५० रुपियाँ पुग्छ ।’

यस वर्ष मेरो दुई सयको ‘टार्जेट’ थियो, कान्छाबाको २ सय ५० को ।

‘तँलाई ५ रुपियाँ दिए भने मलाई १० रुपियाँ त कसो नदेलान्,’ कान्छाबाले भन्नुभयो, ‘१० रुपियाँ दिए भने मेरो पनि १ सय ७० रुपियाँ पुग्छ ।’

पहिला कहिल्यै टीका नलगाएकाले त्यहाँ कति दक्षिणा मिल्ला भन्ने कुरामा हामी अन्योलग्रस्त थियौँ । तर बाका मावली भएकाले राम्रै दक्षिणा देलान् भन्ने अनुमान चाहिँ थियो ।

खै के कारण हो, यसपटक राजापुर जाने हाम्रो योजना थिएन । त्यसैले हामीसँग प्रशस्त समय थियो । अब टीका थाप्न ब्रह्मानन्द सरको एउटा घरमात्र बाँकी थियो ।
त्यो घर सडकदेखि थोरै भित्र थियो, सडकबाट आलीको बाटो दुई मिनेट हिँड्नुपर्ने । हामी त्यो घरतिर सोझियौँ ।

झमक्क साँझ परिसकेको थियो । तर पनि सडकमा मान्छेको आवतजावत चलिरहेकै थियो । आकाशमा टहटह जून लागिरहेका थिए ।

‘ओए केटा भन् त यो घर हामीलाई दक्षिना कति देलान् रु’ कान्छाबाले मसँग भन्नुभयो ।

‘अब मलाई के थाहा रु तपाईंका मावलीको घर हो के रे १’ मैले भनेँ, ‘बरु आउनोस् बढी दक्षिना मिलोस् भनेर भगवान्सँग प्रार्थना गरौँ ।’

प्रार्थना गर्नलाई त्यहाँ न कुनै मन्दिर थियो न मूर्ति । मैले झट्ट जून सम्झेँ । हामी बेलाबेला जूनलाई जूनमामा भनेर नमस्कार गथ्र्यौं ।

मैले जूनतिर फर्केर नमस्कार गर्दै भनेँ– ‘जूनमामा, यो घरमा हामीलाई सबैभन्दा बढी दक्षिना मिलोस् ।’ कान्छाबाले पनि मेरै सिको गर्नुभयो ।
हामी अगाडि बढ्यौँ । आँगनमा सुनसान थियो । ढोका भने खुलै थियो ।

ढोकातिर चियाउँदै कान्छाबाले भन्नुभयो, ‘घर को हुनुहुन्च रु’ एकछिनसम्म केही चालचुल भएन । कान्छाबाले अलि चर्को स्वरमा माथिकै भनाइ दोहो¥याउनुभयो ।
‘को हो रु’ भन्दै घरकी बूढीमाउ बत्ती लिएर बाहिर निस्किन् ।

‘नमस्कार हामी हौँ,’ कान्छाबाले भन्नुभयो । मैले पनि कान्छाबासँगै नमस्कार टक्र्याएँ । ‘ए बाबूहरू, आऊ भित्रै आऊ,’ बूढीमाउले हामीलाई भित्र लगेर बसालिन् । बूढा पनि भित्रै रहेछन् । घरमा बूढाबूढीबाहेक कोही थिएन । घरमा बूढाबूढीबाहेक अरू कोही रहेनछन् कि क्या हो १ मैले मनमनै सोचेँ ।
‘हामी त अब सुत्नी तरखर अर्न लाथेम्,’ बूढीमाउले भनिन् ।

बूढाले टीकाको थाली ल्याएर पहिला कान्छाबालाई टीका लगाइदिए । त्यसपछि मलाई । टीका लगाउन पनि उनले निकै बेर लगाए । मन्त्र भट्याए, आशीर्वाद दिए । एउटा टालोले टीका लगाएको हात पुछेपछि बूढा अर्कोपट्टि फर्किएर आस्कोटको खल्तीमा हात घुसारे ।

लगत्तै हामीतिर फर्किएर ‘यसो चिसो हात’ भन्दै एउटा सिक्का कान्छाबाको हातमा थमाए । अर्को मलाई दिए ।

कान्छाबा र म एकअर्काको मुख हेर्दै खिसिक्क हाँस्यौँ ।

त्यहाँबाट नमस्कार गर्दै हामी बाहिरियौँ । अलि वर आएपछि जूनको उज्यालोमा सिक्का हे¥यौँ । कान्छाबालाई एक रुपैयाँको सिक्का रहेछ, मलाई एक सुकाको सिक्का ।
अब कति हाँस्नु १ हामी अलि वर आएर पेट मिचिमिची हाँस्न थाल्यौँ ।

पाँच रुपैयाँको आशा गरेको ठाउँमा एक सुकामा चित्त बुझाउनुपर्दा मलाई कस्तो भयो होला १ बढी दक्षिणाका लागि जूनलाई नमस्कार गर्दै प्रार्थना गरेको पनि काम लागेन ।

सायद यो अन्तिम वर्ष थियो, हामीले यसरी टीका लगाएको । त्यसपछिका टीकाका दिन भने हामीले यसरी धपेडी कहिल्यै गरेनौँ । हामी क्रमशः ठूला पनि हुँदै गएका थियौँ ।

आज ती दिन सम्झिँदा कताकता आफैँलाई लाज लाग्छ । रमाइलो पनि लाग्छ । आखिर त्यस्ता दिन पनि त थिए, जुन बितेर गए ।

हिजोआज चाडबाडमा अन्यत्र त छोडौँ आफ्नै मावली–ससुराली पनि जान नपरे हुन्थ्यो जस्तो लाग्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय