१२, चैत्र | बाँके | भुपेन्द्र बस्नेत 

बाँकेको नौवस्ता औद्योगिक क्षेत्रको बिगत लामो समयदेखि अबरोध रहेको  सिमाना छुट्याउने काम आरम्भ  भएको छ |  अतिक्रमित घरटहरामा डाेजर लगाएको हो  ।

जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले निर्माण कार्य अघि बढाउने सहमति गरेपछि  यहाँ बनेका घरहटरा हटाउने निर्णय गरेपछि अतिक्रमित घरटहरामा बस्तीमा डाेजर चलाएको छ  |सुकुम्बासीका नाममा यहाँ जमिन अतिक्रमण गरी नागरिकले घर टहरा बनाएका थिए । घरटहरामा डाेजर लागेपछि  तोकिएको मापदण्ड भित्र परेका  घर तथा टहरा भत्काईएको  छ  |

बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ३ मा लुम्बिनी प्रदेश स्तरीय ‘नौवस्ता औद्योगिक क्षेत्र’ निर्माण गर्न थालेपछि सरकारले उक्त बस्तीमा डाेजर चलाएको बैजनाथका जनप्रतिनिधि बताउँछन् ।   “औद्योगिक क्षेत्रको एरिया बाहेक हामीहरू बाहिर जाँदैनौँ।” बैजनाथ गाउँपालिका–३ का वडाध्यक्ष निखिल बैगारले अधिकांश स्थानीय बासिन्दा सहमत भए पनि केही व्यक्तिहरू अझै पनि सहमत नभएको बताए। “केहीले मान्नु भएको छैन, हामीले सम्झाउने अधिकतम प्रयास गरेका छौँ,” उनले भने।

जग्गा सिमांकन गर्न खोज्दा विवाद र अवरोध भए पछि सशस्र र नेपाल प्रहरी लगाएर बस्ती हटाइकाे स्थानीय बताउँछन् ।

औद्योगिक क्षेत्र निर्माण स्थलमा  बाटो निर्माणको काम थालिएको स्थानीय बताउँछन् । तर, बस्तीमा डाेजर लागेपछि बस्तीका नागरिक भने आक्रोशित बनेेका छन ।

औद्योगिक क्षेत्र ब्यवस्थापन लिमिटेडका महाप्रबन्धक पदम ओली सर्बदलिय र सर्वपक्षीय निर्णय अनुसार खाली गराउन थालेको र आगामी दिनमा निर्माण कार्य द्रुत गतिमा अगाडी  बढ्ने बताएका छन् | “स्थानीय बासिन्दालाई सम्झाउने बुझाउने काम पनि गरेका छौँ, स्थानीयहरूको सहयोगमा निर्माण सुरु गरिएको छ,” महाप्रबन्धक ओलीले भने |

नेपाल सरकारले २०७२ चैत १ को मन्त्रिपरिषद् बैठकबाट बैजनाथको  नौबस्तामा लुम्बिनी प्रदेशअन्तर्गत औद्योगिक क्षेत्र स्थापना गर्ने घोषणा गरेको थियो। घोषणापछि सरकारले २०७५ कात्तिक ७ मा औद्योगिक क्षेत्र परियोजना कार्यालय समेत  स्थापना गरेको थियो।   यसले लुम्बिनी र कर्णाली प्रदेशको आर्थिक विकासमा ठूलो योगदान पुग्ने  बिश्वास लिईएको छ |

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय