अक्षररेखा संवाददाता
बर्दिया, ६ कात्तिक
नेपाल क्रिकेट संघ (क्यान) ले सिद्धार्थ बैंक लिमिटेड नेपाल प्रिमियर लिग (एसबीएल एनपीएल)को तेस्रो संस्करणका खेलहरुको टिकट मूल्य सार्वजनिक गरेको छ । २६ अक्टोबरदेखि २१ नोभेम्बर २०२६ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगिताको टिकट मूल्य सार्वजनिक गरिएको हो ।
लिग चरणका खेलका लागि साधारण टिकटको मूल्य ५ सय रुपैयाँ र प्रिमियम टिकटको मूल्य १ हजार रुपैयाँ तोकिएको छ । त्यस्तै, इलिमिनेटर तथा फाइनल खेलको साधारण टिकट मूल्य १ हजार र प्रिमियर टिकट मूल्य २ हजार रुपैयाँ तोकिएको क्यानले एक विज्ञप्तिमार्फत जनाएको छ ।
प्रतियोगिताको टिकट आज राति ८ बजेदेखि इसेवामार्फत खरिद गर्न सकिने छ ।








