रावन विश्वकर्मा | बर्दिया | 

नेपाल राष्ट्रिय माध्यामिक विद्यालय लक्ष्मणपुुरले लगातार सातौँ पटक नगरस्तरीय रनिङ्गशिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ । सोमबार सम्पन्न बाँसगढी नगरस्तरीय ७ औँ राष्ट्रपति रनिङ्गशिल्ड खेलकुद प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै नेरा मावि लक्ष्ममणपुुरले लगातार सातौ पटक उपाधि जत्न सफल भएको हो । जित सँगै खेलकुुद विद्या तर्फ नेरा मावि लक्ष्ममणपुर बाँसगढी नगरपालिकाकै उत्कृष्ट विद्यालयको रुपमा परिचित बनेको छ । लक्ष्मणपुुरले प्रथम मेयर कप देखी सातौँ राष्ट्रपति रनिङ्गशिल्ड खेलकुद प्रतियोगिता सम्म उत्कृष्ट खेल प्रर्दशन गर्दै प्रथम हुन सफल भएको छ ।

बाँसगढी नगरस्तरीय ७ औँ राष्ट्रपति रनिङ्गशिल्ड खेलकुद प्रतियोगितामा १८ स्वर्ण, १४ रजत र ७ कास्य पदक सहित पथम भएको छ । त्यस्तै १५ स्वर्ण, ११ कास्य र ७ रजत पदक सहित नेपाल राष्ट्रिय मावि बाँसगढी दोस्रो भएको छ भने ६ स्वर्ण, २ कास्य र १० रजत पदक सहित लक्ष्मी मावि चेपाङ्ग तेस्रो भएको छ । त्यस्तै पुर्ण हिरा मावि लक्ष्मणाले ६ स्वर्ण, १ रजत र ४ कास्य, त्रिभुुवन मावि ककौराले ४ स्वर्ण, ३ रजत र ६ कास्य, बालजोति एकेडेमी ककौराले १ स्वर्ण, २ रजक र २ कास्य, रामजानकी मावि भैसासुुरले १ स्वर्ण, २ रजत र १ कास्य, बाँसगढी एकेडेमी र जनता मावि बनमुुडुवाले १ स्वर्ण, २ कास्य पदक प्राप्त गरेका छन । त्यस्तै आधारभुुत विद्यालय तर्फ जनता मावि बठुवा प्रथम, बाँसगढी युुनाईटेड बाँसगढी दोस्रो र अशदच आवि गौरीपार तृृतिय भएका छन् ।

रनिङ्गशिल्ड प्रतियोगितामा मावि विद्यालय तर्फ २० र आवि तर्फ ३४ विद्यालय सहभागि भएका थिए । पौष ५ गते देखी ८ गते सम्म सञ्चालन भएको खेलकुद प्रतियोगितामा कबड्डी, भलिबल, एथलेटिक्स र मार्सलआर्ट गरी ४ विद्याका छात्र, छात्राहरुको छुट्टा छुुटै खेल भएको आयोजक बाँसगढी नगर खेलकुुद विकास समितिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय