बाँसगढी नगरपालिकाका वडा स्तरीय क्रिकेट प्रतियोगिताको फाईनल खेल २५ गते शनिवार हुने भएको छ ।
बाँसगढी नगरपालिका खेलकुद विकास समितिको मुख्य आयोजना तथा ९ नं. वडा कार्यालयको आयोजना र समन्वय  तथा माछागढ क्रिकेट क्लबको व्यवस्थापनमामा सञ्चालन भईरहेको बाँसगढी नगरपालिका स्तरीय क्रिकेट प्रतियोगिताको फाईनल खेलमा ५ नं वडा र ९ नं वडा बिच दिनको १२ बजेपछी हुने आयोजकले जनाएको छ ।
यहि असोज १९ गतेबाट शुरु भएको वडा स्तरीय क्रिकेट प्रतियोगिता ९ नं. वडा स्थित माछागढ खेल मैदानमा सञ्चालन भईरहेको छ ।
भोलि हुने फाईनल खेल विशेष रोमाञ्चक रहने आयोजकको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय