‘आमा यता’ दुई जना अधबैंसे युवक बूढीआमालाई माया गरेर डोर्‍याउँदै मेरो पछाडि उभिन आइपुगे । आमाका वरिपरि अरू चार–पाँच जना अधबैंसेहरू पनि थुप्रिए ।

छोराहरूले बूढीआमालाई माया गरेर डोर्‍याएको देखेर मलाई रमाइलो लाग्यो । आफ्नी स्वर्गीय आमाको सम्झना आयो । बूढीआमालाई हेरिरहें ।

बूढीआमाले हरियो साडी, पहेंलो चोलो लगाएर कम्मरमा सेतो पटुका कसेर पटुकामा फुर्के थैली झुण्ड्याएकी थिइन् । टाउकोमा पहेंलो मजेत्रो ओढेकी थिइन् । भित्र पसेका सेता आँखाभित्र चनाखा नानी टलपल नाँचिरहेका थिए । चाउरी परेका गाला, मिलाएको सेतो कपाल । दाँत झरेर खुम्चिएको गाला, छिप्पिएको छालाको मुजा परेको निधार, घामले डढेको हातगोडाका झोलिएको छाला । थोरै कुप्री । लट्ठी नटेकी हिंड्ने । हिंड्दा अलि अलि धर्मराउने । तर स्वस्थ र फूर्तिलो हाउभाउ थियो, उनको ।

जेठ महिना, चितवनमा बिहानैदेखि गर्मीको उखरमाउलो राप थियो । म अलिकति जग्गा बेच्नु परेकाले किशोरलाई साथी लिएर मालपोत कार्यालय पुगेको थिएँ । आइतवार भएर होला मालपोत कार्यालयमा सेवाग्राहीहरूको बेस्सरी भीड थियो । लेखनदासहरूको वरिपरि मान्छेहरू झुम्मिएका थिए । भीडभाडले कार्यालयमा काम गर्ने वातावरण नै थिएन । जता गयो उतै लाम । सरकारी अफिसहरू पूर्णरूपमा अटोमेसन हुन सकेका थिएनन् । देशव्यापी रूपमा कृषिभूमि टुक्रिएका समाचारहरू यत्रतत्र आइरहेका थिए । जग्गा टुक्र्याउने र बेच्ने प्रवृत्ति चितवनमा पनि चर्कै थियो । घरजग्गा किनबेच गर्ने कार्य पनि एउटा पेशा बन्दै गएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय