अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले आफ्नो वेबसाइटको सुरक्षा कमजोरी पत्ता लगाएको भन्दै नेपाली साइबर सुरक्षा अनुसन्धानकर्ता सुशील फुयाललाई ‘हल अफ फेम’ सम्मान दिएको छ । फुयालले रिपोर्ट गरेको कमजोरीलाई मान्यता दिँदै हालै बीबीसीले उक्त सम्मान दिएको हो ।
बीबीसीको सेक्युरिटी डिस्क्लोजर पेजमा फुयालले पत्ता लगाएको कमजोरी उल्लेख छ ।


