फाइनल खेल हेर्न टिकट काट्नेको भिड (फोटो फिचर)
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहान ८ बजेदेखि एन्फा कम्प्लेक्स सातदोबाटो, भद्रकाली आर्मी गेट र जावलाखेल फुटबल मैदानमा टिकट बिक्री गरेको छ ।
फाइनल खेलका लागि सुरूमा अनलाइनबाटै टिकट बिक्री गरिएको थियो । तर मङ्गलबार राति अखिल नेपाल फुटबल संघ (एन्फा)ले अनलाइनबाट टिकट बिक्री रोकेर भौतिक रूपमा बिक्री गर्ने सूचना जारी गरेको थियो । अनलाइन टिकट खरिद बन्द गरेपछि बिहानैदेखि टिकट बिक्रीस्थलमा सर्वसाधारण लाइनमा बसेका छन् । यसअघि बुकिङ भइसकेका अनलाइन टिकटको पैसा फिर्ता गरिने एन्फाले जनाएको छ ।















