बर्दिया |  कम्यूटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) शाखा कार्यालय बर्दिया जिल्लाको १० औँ बार्षिक साधारण सभा तथा  पाँचौँ अधिवेशन आज बर्दियाको बाँसगढीमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष सूर्य केसीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका केन्द्रिय उपाध्यक्ष धुर्वराज शर्मा, प्रदेश उपाध्यक्ष नारायण खनाल, क्यान महासंघका संस्थापक प्रसान्त टण्डन लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा क्यान महासंघ शाखा कार्यालय बर्दियाका कोषाध्यक्ष दिल बहादुर चौधरीले आयब्याय बिवरण सहितको आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । जुन आम्दानी तर्फ ४३ हजार २ सय ५० रुपैँया र खर्चतर्फ ३३ हजार ९ सय रुपैँया बराबर खर्च भएको संस्थाका कोषाध्यक्ष दिल बहादुर चौधरीले बताउनु भयो ।

क्यान महासंघको १० औँ बार्षिक साधारण सभा र पाँचौँ अधिवेशनबाट बर्दियाको जिल्ला अध्यक्षमा दिल बहादुर चौधरी सहित ११ जना पदाधिकारीहरु निर्बिरोध रुपमा चयन हुनु भएको छ । जस्मा उपाध्यक्षमा रामप्रसाद थारु, सचिवमा क्षितिज पौडेल, सहसचिवमा रामप्यारे थारु र कोषाध्यक्षमा शंकर प्याकुरेल रहनु भएको छ । भने बाँकी सदस्यहरु गणेश खनाल, पवन पोख्रेल, भगवती पौडेल, कृष्ण सोडारी,दुर्गा प्रसाद चौधरी र श्याम जेस्वाल लाई चयन गरीएको छ ।

आजैको सभाबाट केन्द्रिय र प्रदेश महाधिवेशन प्रतिनिधि तर्फ गोपाल निरौला र सूर्य के.सीलाई  सिफारिस गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय