बर्दिया |    बर्दियाको  बाँसगढीमा संचालन भएको  बाँसगढी प्रिमियर लिग टि–२०  क्रिकेट प्रतियोगिता-२०८१  मा ककौरा सुपर किङ्स बिजेता बन्न सफल भएको छ |   बाँसगढी–५ स्थित बाह्रबिघा खेल मैदानमा शुक्रबार भएको फाइनल खेलमा बाँसगढी राइनोजलाई २५ रनले पराजित गर्दै ककौरा सुपर किङ्स बिजेता  भएको  हो ।

फाइनल खेलमा ककौराले टस जितेर ब्याटिङ रोजेको थियो । पहिले ब्याटिङमा उत्रिएको ककौराले २० ओभरमा ५ विकेट गुमाउँदै १३४ रन जोड्न सफल भयो । पहिलो इनिङमा ककौराका अजय सहानीले ४२ रन, सुदीप रानाले २६ रन तथा विशाल केसीले २१ रन जोडेका थिए ।

बाँसगढी राइनोजका रेशम चापागाईं र निशान्त आचार्यले समान २/२ गरेर ४ विकेट लिएका थिए । १३५ रनको लक्ष्य पछ्याएको बाँसगढी राइनोजले २० ओभरमा १० विकेट गुमाएर १०९ मात्र जोड्न सफल भएको थियो ।

१३५ रनको लक्ष्य पछ्याएको बाँसगढी राइनोज १०९ रनमै सीमित हुँदा ककौरा सुपर किङ्सले बाँसगढी प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणको बिजेता बन्न सफल भयो । बिजेता बनेसँगै ककौरा सुपर किङ्सले १ लाख ५० हजार रुपैयाँ नगद तथा प्रमाणपत्र हात पारेको थियो |

प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै बाँसगढी नगरपालिकाका प्रमुख खड्कबहादुर खड्काले नेपालमा सम्भावना बोकेको क्रिकेट खेल तथा खेल मैदान प्रवद्र्धन र निर्माणमा बाँसगढी नगरपालिकाले विशेष ध्यान दिने बताएका थिए ।

बाँसगढी क्रिकेट क्लबको आयोजनामा बडादसैँ, शुभ दीपावली तथा छठ पर्वका अवसरमा जिल्ला क्रिकेट संघ बर्दियाको समन्वय तथा बाँसगढी नगरपालिकाको सहयोगमा  प्रतियोगिता भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय