बाँके | पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको पुरस्कार अर्पण तथा विशेष प्रवचन कार्यक्रम सम्पन्न भएको छ ।

प्रतिष्ठानको आयोजनामा विशेष समारोह गरी कर्मयोगी बद्रीविक्रम थापाको स्मृतिमा स्थापित दुई पुरस्कार अर्पण गरिएको हो । वर्ष २०८१ को कर्मयोगी बद्रीविक्रम पूर्णिमा वाङ्मय पुरस्कारबाट नेपाली लोकगीत र साहित्य क्षेत्रमा सक्रिय रोल्पाकी स्रष्टा पवित्रा घर्तीलाई र कर्मयोगी बद्रीविक्रम पूर्णिमा युवा प्रतिभा पुरस्कारबाट नेपाली गजल, कविता जस्ता विधामा साधनारत स्रष्टा ऋषि शर्मा सुदामालाई प्रदान गरिएको छ ।






