लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत बाँसगढीमा अन्तरक्रिया
२०८१ मंसिर १०, सोमबार २१:५१
रावन बिश्वकर्मा |बाँसगढी | मङ्सिर १० |
‘हामी सबैको प्रतिवद्धताः लैगिक हिंसा अन्त्यको लागि एक्यवद्धता ’ भन्ने नारा सहित बाँसगढी नगरपालिका लगाएत विश्वभर लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु भएको ।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा आज बाँसगढी नगरपालिकामा अन्तरक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रममा नगरभित्र लैंगिक हिंसाका घटनाको न्यूनीकरणका उपाय, कानुनी व्यवस्था, जनचेतना, तथा सहयोगी संरचनाहरूको सुदृढीकरणबारे छलफल गरिएको थियो । अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले समुदायमा लैगिक समानता प्रर्वधन गर्न सामुहिक पहल आवश्यक रहेकोमा जोड दिएको छन् ।
कार्यक्रममा सहभागी अन्तुर्नि थारुले हिंसाको भुक्तभोगी बन्नेहरुका लागि न्याय सुनिश्चित गर्न प्रभावकारी कदम चाल्नुपर्ने बताउनुभयो ।कार्यक्रममा महिला नेतृ जुना खड्काले लैङ्गिक हिंसा विरुद्धको अभियान १६ दिन मात्र नभई ३ सय ६५ दिन नै सचेत ढंगले यो अभियान चलाउनु पर्ने बताउनुभयो । उहाँले महिला न्याय केन्द्रलाई थप सशक्त बनाउने र हिंसा पीडितका लागि सहज पहँुचको व्यवस्था गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा बाासगढी नगर उपप्र प्रमुख इन्द्रिरा चौधरीले कार्यक्रममा बोल्दै समाजमा व्याप्त लैंगिक असमानता र हिंसाका घटनालाई रोक्न सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो । उहाँले लैंगिक हिंसाविरुद्धको यो अभियानले समाजमा सकारात्मक सन्देश पु¥याउन र हिंसाको विरुद्धमा अभियानमा एकजुट हुन अनुरोध गर्नुुभयो ।
कार्यक्रममा बाँसगढी नगरपालिकाका उपप्रमुख इन्द्रिरा चौधरीको अध्यक्षमा भएको अन्तरक्रिया कार्यक्रममा बाँसगढी नगरपालिका प्रमुख प्रशासकिय अधिकृत नोखिराम वली, कार्यपालिका सदस्य, जनप्रतिनिधि, योजना शाखा प्रमुख खड्क बहादुर लवी, महिला संजालका अध्यक्ष शिवकुमारी सापकोटा, महिला नेतृ भुमि विक, विभिन्न संघ संस्थाका प्रतिनिधि, महिला अधिकारकर्मी, विषयगत शाखाका प्रमुख, इलाका प्रहरी, पत्रकार, र स्थानिय महिलाहरुको उपस्थिति रहेको थियो ।
यसैविच बाँसगढी नगरस्तरिय मुक्त कमैया समाजका अध्यक्ष अतुर्नि थारुले बाँसगढी नगरपालिकाका उपप्रमुख इन्द्रिरा चौधरी र प्रमुख प्रशासकिय अधिकृत नोखिराम वलीलाई अनौपचारिक क्षेत्रका महिला श्रमिकहरूको अधिकार, सम्मानपूर्ण र हिंसामुक्त वातावरणको लागी संयुक्त अपिलका लागि ज्ञापन पत्र बुझाउनु भएको छ । ज्ञापन पत्रमा अनौपचारिक क्षेत्रका श्रमिकहरुको अधिकारका लागि विभिन्न १३ बुदेँ माग उल्लेख गरिएको छ ।