रावण बि.क.| मङ्सिर २६ | बर्दिया
नेपाल राष्ट्रिय शिक्षक संगठन नगर कर्यसमिति बाँसगढीको अध्यक्षमा खगेन्द्र बहादुर चन्द निर्विरोध चयन हुनु भएको छ ।
मंसिर २२ गते शनिवार देखि सुरु भएको नेपाल राष्ट्रिय शिक्षक संठन बाँसगढी नगरपालिकाको तेस्रो अधिवेशनबाट खगेन्द्र बहादुर चन्दको अध्यक्षतामा १८ जना नयाँ कार्य समितिमा निर्विरोध चयन हुनु भएको हो ।


लामो प्रयास पछि सर्वसमिति बाट चयन भएको समितिको उपाध्यक्षमा राजेश शर्मा, महिला उपाध्यक्षमा मायाँ देवकोटा चयन हुनु भएको छ । सचिवमा कर सिं बुढा, सहसचिव निर्मल सुवेदी, कोषाध्यक्षमा मेघराज रिजाल निर्विरोध चयन भएको निर्वाचन समिति संयोजक गोपाल सुवेदीले जनकारी दिनु भएको छ । त्यसैगरी खुल्ल सदस्यमा इन्द्र देवकोटा, जिव बहादुर के सि, ताराजंग रावत, नारायण के सि, मोति प्रसाद शर्मा, मोहन बहादुर खड्का, सुवास अधिकारी रहनु भएको छ । महिला सदस्यमा कौशिल्या थापा, शेष कुमारी डाँगी, त्यसैरी समावेशी सदस्यमा खडग बहाखुर थारु, फग्गुवा थारु व शान्त बहादुर वि क निर्विरोध चयन हुनु भएको छ ।

अधिवेशन बाटै प्रदेश सभाव सदस्मा तुलसी काफ्ले, लक्ष्मी खत्री थापा र भक्त बहादुर खत्री गरी ३ जनालाई चयन गरेको छ । नेपाल राष्टिय शिक्षक संगठन २६ सदस्यी रहेको मा १८ जन सर्वस मितिबाट चयन भए पनि ८ पद अझै रिक्त रहेको छ । जसको लागि नेपाल राष्ट्रिय शिक्षक संगठनको विधान अनुसार रिक्त रहेको पदमा नवविर्नाचित कार्य समिति मनोनित गरि पद पुर्गी गर्नु सक्ने निर्वाचन समिति संयोजक गोपाल सुवेदीले जनकारी दिनु भएको छ ।





