रावण वि क । मङ्सिर २६ | बर्दिया
नेपाल पत्रकार महासंघ बर्दियाको अध्यक्षमा दुई जनाको उम्मेद्वारी परेको छ । मंसिर २८ गते हुने महासंघको निर्वाचनका लागि बर्दियामा सन्तोष पौडेले र निर्मल घिमिरेको उम्मेदवारी परेको छ ।
प्रेस युनियन, प्रेस चौतारी र प्रेस सेन्टरको साझा उम्मेद्वारको रुपमा पौडेलको उम्मेद्वारी परेको छ भने निर्मल घिमिरेले स्वतन्त्र रुपमा उम्मेद्वारी दिनु भएको छ । त्यस्तै खुल्ला उपाध्यक्षमा डिलप्रकाश गौतम र महिला उपाध्यक्षमा पुष्पा चौधरी निर्विरोध निर्वाचित हुनुभएको छ । महासंघको सचिव पदका लागि यज्ञ सापकोटा र केशव कोइराला, कोषाध्यक्षमा हरि गुरुङ र मिनप्रसाद अधिकारीको उम्मेद्वारी परेको छ ।
नयाँ कार्यसमिती सवै सर्वसम्मत बनाउने प्रयास भए पनि अध्यक्षमा घिमिरेलेले स्वतन्त्र, प्रेस सेन्टरका केशव कोईराला र मिन प्रसाद अधिकारीले बागी उम्मेद्वारी दिनुभएको हो । महासंघ बर्दियाको खुल्ला सहसचिवमा भिम बहादुर उचैठकुरी र समावेशी सहसचिवमा सञ्जु (सरम) चौधरी निर्विरोध हुनुभएको छ । महिला सदस्यमा भिंमा कंडेल, दलित सदस्यमा चन्द्र बहादुर विक, जनजातिमा विशाल थारु र होमेन्द्र थापा, समावेशी सदस्यमा अफजल खाल, र मधेसी सदस्यमा मुरलीराम गोडिया निविरोध हुनुभएको छ । त्यस्तै खुल्ला सदस्यमा प्रकाश पौडेल, ऋषिराम वाग्ले, सरोज कामत र सन्जय कुमार आचार्य निविर्रोध हुनुभएको छ ।
नेपाल पत्रकार महासंघको केन्द्रिय परिषद सदस्यमा मेघराज सिग्देल र चिरञ्जीवी भावुक योगी केन्द्रिय पाषर््ादमा निविरोध हुनुभएको छ । प्रदेश परिषद सस्दयमा टीकाराम चौधरी, ज्ञानेन्द्रराज पोख्रेल र दीपक शर्मा निविरोध भएको निर्वाचन अधिकृत दिवाकर खनालले जानकारी दिनुभएको छ ।





