नेपाल पत्रकार महासंघ बर्दिया शाखाको शुक्रवार सम्पन्न निर्वाचनबाट अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार  निर्मल घिमिरे १७ मत अन्तरले विजयी भएका  छन्  । सो निर्वाचनमा ३६ मत प्राप्त गरी घिमिरे विजयी भएको निर्वाचन समितिले जानकारी दिएको  छ ।

अध्यक्ष पदका प्रतिस्प्रधि सन्तोष पौडेलले १९ मत प्राप्त गरे ।  सचिव पदमा यज्ञप्रसाद सापकोटा विजयी भए  । सचिव पदका प्रतिस्पर्धि केशव कोइरालाले ५ मत प्राप्त गरेका थिए ।

यस्तै महासंघको कोषाध्यक्षमा हरि गुरुङ ३५ मतका साथ विजयी  भएका छन्  भने उनका  प्रतिस्पर्धि मीन अधिकारीले १७ मत प्राप्त गरेका थिए  । सो निर्वाचनमा कुल ६२ मतदाता मध्ये ५५ मत खसेको थियो । अन्य पदमा निर्विरोध निर्वाचित भएका छन् ।

उपाध्यक्षमा डिल प्रकाश गौतम, महिला उपाध्यक्षमा पुष्पा चौधरी, सहसचिवमा भिम उचै ठकुरी र सरम चौधरी निर्विरोध निर्वाचित हुनुभयो । यस्तै महासंघ कार्यसमिति सदस्यहरु पनि निर्विरोध निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय