रावण बिश्वकर्मा | बाँके | पौष ७ |
राष्ट्रिय दलित पत्रकार संघ नेपालको लुम्बिनी प्रदेशको अध्यक्षमा टेकेन्द्र बस्याल निर्वाचित भएका छन ।
राष्ट्रिय दलित पत्रकार संघ नेपालको लुम्बिनी प्रदेशकों नेपालगञ्ञ्जमा भएको दोस्रो अधिबेसनबाट बस्यालको नेतृत्वमा १५ सदस्य नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ |

संघको संघको वरिष्ठ उपाध्यक्षमा लोकेन्द्र सुनार(प्युठान ), उपाध्यक्षमा कृष्ण दर्नाल(पाल्पा), भरत नेपाली( रोल्पा), सचिवमा अनिल नेपाली(अर्घाखाँची), सह– सचिवमा विवेक विश्वकर्मा (रुपन्देही), अमृतकुमार नेपाली(दाङ) र कोषाध्यक्षमा बिधुत्मा रैका(बाँके) सर्बसम्मत निर्वाचित भएका छन । त्यस्तै सदस्यमा रावन विश्वकर्मा(बर्दिया) जगलाल नेपाली(रुपन्देही), सिग्मति रैका(नवलपरासी), रामबहादुर गन्धर्व(कपिलवस्तु), रामसरण रैदाश(कपिलवस्तु) र अनिता नेपाली (बाँके) निर्वाचित भएको भएका छन । राष्ट्रिय दलित पत्रकार संघ नेपाल केन्द्रिय अध्यक्ष बिनोद पहाडीको उपस्थितिमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएका हुन् |





