रावन विश्वकर्मा | भुपेन्द्र बस्नेत

२६, गते पौष ।

प्रथम थारु कृषि, पर्यटन, साँस्कृतिक मेला तथा बर्दिया माघ महोत्सव २०८१ को तयारी पुुरा भएको छ । पौष २७ गते शनिबार देखी सञ्चालन हुने महोत्सवको सबै तयारी पुरा भएको शुुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराईएको छ ।

मेला व्यवसायी मुुलक नभएर थारु कला संस्कृतिको संरक्षण र प्रर्वद्धन गर्दै समाजमा व्याप्त बिकृति र कुुप्रथालाई हटाउन बिभिन्न कार्यक्रमहरु सञ्चालनका लागि महोत्सवको आयोजना गरेको आयोजना गरिएको आयोजकले जनाएको छ । महोत्सव सञ्चालनका लागि गेट निर्माण, स्टल निर्माण, प्रचार प्रसार लगायत सबै तयारी पुुरा भएको र शनिबार साँस्कृतिक झाँकी सहित नेपाल सरकार युुवा तथा खेलकुुद मन्त्रि तेजुुलाल चौधरीले भव्य कार्यक्रमका बिच उद्घाटन गर्ने  महोत्सव प्रचार प्रसार उपसमिति संयोजक राज सिंह थारुले बताउनु भयो ।

महोत्सवमा बाल उद्यान लगायय ६० बढी बिभिन्न स्टल रहने छन भने मुुख्य आकर्षणको रुपमा थारु साँस्कृतिक केन्द्रको निर्माण गरिएको छ । महोत्सव प्रबेशका लागि साधरण टिक १ सय रुपैया, विद्यार्थीहरुको लागि ७० रुपैया र अपांग र जेष्ठ नागरिकहरुको लागि निशुुल्क प्रबेशको व्यवस्था मिलाईएको आयोजकले जनाएको छ । महोत्सवमा ख्याती प्राप्त राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुुति सँगै बर्दिया थारु डान्स आईडल, पौराणिक डब्निभिराउ नाच सँगै स्थानिय थारु परिकारहरुको स्वाद समेत लिन सकिने छ । थारु कल्याणकारिणी सभा बाँसगढीको मुख्य आयोजना र पाँचुु एण्ड गुुडडूू ज्वैलर्सको मुुख्य प्रायोजनमा हुने महोत्सव पौष २७ गते देखी माघ ७ गते सम्म सञ्चालन हुने छ । मेला महोत्सव सञ्चालन पहिलो अनुुभव भएकाले सबैको साथ र सहयोगको अपेक्षा गरिएको महोत्सव मुुल समिति संयोजक तथा थारु कल्याणकारिणी सभा बाँसगढीका अध्यक्ष सिताराम थारुले बताउनु भयो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय