बर्दिया। २६ पौष
बर्दिया जिल्लाको ठाकुरद्वारामा बर्दिया, बाँके र दांगका १० वटा सामुदायिक क्याम्पसहरुको ४ दिने डिजिटल क्षमता विकास तालिम शुरुवात भएको छ ।
विश्वविद्यालय अनुदान आयोग, नेपालको सहजीकरणमा बर्दिया, बाँके र दांगका सामुदायिक क्याम्पसहरुको आयोजना र चुरे क्याम्पस,बगनाहको आतिथ्यतामा आजबाट सामुदायिक क्याम्पसमा कार्यरत शिक्षक र कर्मचारीहरुलाई डिजिटल क्षमता विकास सम्बन्धि तालिम शुरु भएको छ ।

चुरे क्याम्पसका क्याम्पस प्रमुख रुद्र खड्काको अध्यक्षतामा सुरु भएको उक्त कार्यक्रममा विश्व विद्यालय अनुदान आयोगका तर्फबाट सूचना प्रविधि विज्ञ हिक्मत रोकाय, आई टी परामर्शदाता सुरेश बस्नेतको उपस्थिती रहेको थियो भने उक्त कार्यक्रममा स्थानीय प्रशिक्षकको रुपमा क्षितिज पौडेल र प्रविन आचार्य र आवास न्यौपानेले सहजीकरण गरेका थिए । कार्यक्रममा बर्दिया जिल्लाका चुरे क्याम्पस, अमर शहिद बहुमुखी क्याम्पस, गुँरास बहुमुखी क्याम्पस, बाँसगढी बहुमुखी क्याम्पस, बर्दिया बहुमुखी क्याम्पस,मैनापोखर शारदा बहुमुखी क्याम्पस, मनुषाटिकासिंह थापा बहुमुखी क्याम्पस, शदाशिव बहुमुखी क्याम्पस, बाँकेबाट ज्ञानोदय बहुमुखी क्याम्पस र दांगबाट देउखुरी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख, प्राध्यापक एवम् कर्मचारीहरुको सहभागिता रहेको थियो ।

सामुदायिक क्याम्पसहरुमा डिजिटलाईजेशन कार्यक्रम अन्तर्गत कम्प्यूटर र सुचना प्रविधि क्षेत्रमा क्याम्पसका प्राध्यापक कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्ेश्यले कार्यक्रमको आयोजना गरेको चुरे क्याम्पसका क्याम्पस प्रमुख रुद्र खड्काले बताएका छन् ।
आजबाट शुरु भएको उक्त कार्यक्रम पौष २९ गतेसम्म सञ्चालन हुनेछ ।
