२९ पौष | बाँके |
बाँकेको बैजनाथ गाउँपालिकाले १७ औं हिउँदे गाउँसभाबाट पालिकाको प्रतिक चिन्ह (लोगो) र गान सार्वजनिक गरेको छ ।

पालिकाले यस अघिनै सार्वजनिक सूचना मार्फत गाउँपालिका गान र प्रतिक चिन्ह (लोगो) निर्माणका लागि आहवान गरेको थियो । सोही बमोजिम प्राप्त गान र लोगो मध्येबाट विशेषज्ञ समितिले मूल्याङ्कन गरी उत्कृट लोगो र गानका रुपमा छनोट गरी आज १७ औं गाउँ सभाको अवसरमा सार्वजनिक गरेको गाउँपालिकाका अधिकृत तप्तराज आचार्यले जानकारी दिएका छन ।

बैजनाथ गाउँ पालिकाको लोगो
लोगोको डिजाईन बैजनाथ–६, बाँके स्थीत बिहानी प्रिन्ट मार्टका सञ्चालक÷डिजाईनर महेश अधिकारीले गरेका हुन भने गानको रचना बैजनाथ–७, पेडारीमा रहेको नेपाल राष्ट्रिय मा.वि.का प्रधानाध्यापक समेत रहेका दामोदर आचार्यले गरेका छन् । उक्त गीतमा स्वर गायीका सपना शाहीाको रहेको छ ।
पालिकाले आजै १७ औं गाउँ सभाको अवसरमा लोगो डिजाईनकर्ता, गानका रचनाकार र गायीका तीनै जनालाई नगद पुरस्कार सहित सम्मान गरेको छ ।
गाउँपालिका गान
