२२ असोज। बाँके,
बाँकेको बैजनाथ गाउँपालिका स्थित न्यू जर्नी युवा क्लवको आयोजनामा कार्तिक १ गते शनिवारका दिन स्थानीय युवाहरुको सहभागितामा मैत्रीपूर्ण फुटवल प्रतियोगिता सञ्चालन हुने भएको छ ।
आयोजक क्लब न्यू जर्नीले दशैं र तिहारको शुभकामना आदान प्रदानका साथै उक्त मैत्रीपूर्ण फुटबल खेलको आयोजना गर्न लागेको क्लबका सचिव सुमन विश्वकर्माले जानकारी दिएका छन् । उक्त खेल ६ नं. वडा भित्रका करिब ४ टिमका बिचमा मैत्रिपूर्ण हुने उनले बताएका छन् ।

यस क्लवले विगतका वर्षहरु देखिनै दशैं र तिहारको विचमा बृहत खुल्ला फुटबल प्रतियोगिता सञ्चालन गर्दै आइरहेकोमा यस वर्षको १० औं संस्करणको प्रतियोगिता भदौको २३ र २४ गते भएको जेन जि आन्दोलन पश्चात उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै दशैं र तिहारको विचमा प्रतियोगिता आयोजना गर्न नसकिने भएकोले यस संस्करणको प्रतियोगिता आगामी मंसिर महिनामा देशको अवस्थालाई मध्यनजर गरी आयोजना गर्ने निर्णय गरेको क्लबका अध्यक्ष दुर्गा बहादुर वली (श्याम)ले जानकारी दिएका छन् ।
२१ गते बसेको क्लवका पदाधिकारीहरु, ६ नं. वडाका वडा अध्यक्ष, ६ नं. वडाबाट प्रतिनिधित्व गर्ने बैजनाथ गाउँपालिकाका कार्यपालिका सदस्य, वडा सदस्य, स्थानीय अग्रज युवा समाजसेवीहरु, न्यूहरियाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष, ओम श्री कैलाशेश्वर धाम मन्दिर समितिका अध्यक्ष, विहानीपारी सहकारी संस्थाका अध्यक्ष, क्लवका क्याप्टेन तथा खेलाडीहरु, युवाहरु लागायतको उपस्थिती रहेको बैठकबाट उक्त निर्णय गरिएको क्लबका अध्यक्षले जानकारी दिएका छन् ।


