काठमाडौं, २२ असोज।
चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारको अवसर पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । भट्टराईले सातौं पुस्तकको रूपमा ‘चमेलीको फूल वैजनी रुमाल’ ल्याउने भएका हुन् ।
फाइन प्रिन्ट प्रकाशक रहेको यो पुस्तक असोज ३१ देखि बजारमा उपलब्ध हुनेछ ।

उनले तीन वर्ष पछि नयाँ पुस्तक प्रकाशन गर्न लागेका हुन् । उनको पछिल्लो पुस्तक इजोरिया ३ वर्ष अगाडी २०२२ मा प्रकाशित भएको थियो ।
यस अघि उनका समर लभ, प्रिय सुफी, इजोरिया लगायत ६ वटा चर्चित पुस्तकहरु प्रकाशन भइसकेको छ । उनका पुस्तकहरु युवा पुस्ताका माझ लोकप्रिय बन्ने गरेका छन् ।
