२७ असोज, नेपालगञ्ज| 

दिपावली (तिहार) को अवसरमा तिहारका रङ्गहरु (Colors of Tihar) कार्यक्रम नेपालगञ्जमा हुने भएको छ ।

बास नेपालको आयोजनामा सो कार्यक्रम हुने भएको हो ।

रचनात्मक, साँस्कृतिक र प्रतिकात्मक सन्देश प्रबाह गर्ने उद्धेश्यले आयोजना हुने सो कार्यक्रम गाई तिहारको दिन कार्तिक ४ गते स्थानीय बाटिका होटेलमा हुने भएको छ ।

तिहारलाई रङ्गको पर्व मानिन्छ, हरेक रंग पहेंलो, रातो, सेतो, हरियो, बैजनी, निलोले फरक, फरक मुल्य, मान्यता माया, आशा, एकता र शान्तिको प्रतिनिधित्व गर्दछन् । बिभिन्न रंगहरु जस्तै बिबिध साँस्कृतिक गतिविधिहरु तिहारमा हुने गर्दछन् ।

उज्यालो, प्रेम र एकताका माध्यमबाट सुशासन र समृद्धिको सन्देश प्रबाह गर्ने उद्धेश्यले तिहारका मौलिक सँस्कृति र मान्यताहरुलाई प्रबद्र्धन गर्नका लागि तिहारका रंगहरु कार्यक्रम गर्न थालिएको हो ।

कार्यक्रममा सामुहिक देउसी, भैलो, रंग थिम साँस्कृतिक प्रश्तुति, रङ्गोली प्रतियोगिता, नृत्य, नाटक लगायतका प्रश्तुतिहरु रहनेछन् । कार्यक्रममा प्रबेश निःशुल्क रहनेछ ।

कार्यक्रमको तयारीका लागि आज तयारी बैठक सम्पन्न भएको छ । बास नेपालकी महासचिव कल्पना अधिकारीको अध्यक्षतामा भएको बैठकमा कार्यक्रमको उद्धेश्य माथि बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले प्रकाश पारेका थिए ।

स्थानीय फरक, फरक कला र संस्कृतिलाई एकै मञ्चबाट प्रस्तुत गरिने उक्त कार्यक्रमको संयोजकको जिम्मेवारी बास नेपालका जनसम्पर्क अधिकृत माधव कार्कीलाई दिईएको आयोजक संस्था बास नेपालले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय