बाँके।
बाँकेको कोहलपुर–११ स्थीत बागेश्वरी एकेडेमी ईग्लिस मिडियम स्कुलले बिहिबार १६औं बार्षिक खेलकुद प्रतियोगिता भव्यरुपमा सुरुवात गरेको छ । छ ।

बागेश्वरी एकेडेमीका सञ्चालक समितिका अध्यक्ष किसन गुरुङ्गको सभाध्यक्षता र निर्वतमान अध्यक्ष चिन्तामणि धितालको प्रमुख अतिथ्यतामा बार्षिक खेलकुद प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगितामा चार वटा हाउस (एलो, ग्रिन, रेड र ह्वाईट) हरुका ६ सय २ जना विद्यार्थीहरुले भाग लिएको बागेश्वरी एकेडेमीका प्रिन्सिपल श्रीधर गोराथोकीले जानकारी दिएका छन् ।
‘
चार वटा हाउसबाट खेलकुद प्रतियोगितामा उल्लेखनिय सहभागिता भएको छ’, प्रिन्सिपल गोराथोकीले भने, ‘जसले विद्यार्थीहरु नयाँ जोस र सोच आउनेछ ।’ बालबालिकाहरुको सार्वङ्गिण विकास गर्न प्रतियोगिताले योगदान दिने उनको भनाई थियो ।

यस्तै विद्यालयका सञ्चालक समितिका अध्यक्ष किसन गुरुङ्गले विद्यालयका प्रिन्सिपल, शिक्षक, सम्पूर्ण विद्यार्थी लगायत अन्य पिटिए अध्यक्ष सिएए अध्यक्ष लगायतलाई खेलकुद प्रतियोगिता सफल बनाउन आग्रह गरेका छन् ।

६ गतेसम्म सञ्चालन हुने कार्यक्रममा एथलेटिक्स, फुटबल, भलिबल, डोरी तान्ने लगायत विभिन्न खेलकुदका प्रतियोगिताहरु हुने आयोजकले जनाएको छ ।









