काठमाडौँ । रास्वपाबाट राजनीति थालेका काठमाडौं महानगरका मेयर बालेन शाहले पदबाट राजीनामा दिएका छन् ।
उनले उपमेयर सुनिता डंगोललाई आइतबार राजीनामा बुझाएका हुन् । राजिनामा बुझाएपछि उनी रास्वपाको कार्यालय पुगेका छन् । आगामी निर्वाचनमा रास्वपाबाट प्रधानमन्त्रीका उम्मेदवार हुनेगरी झापा ५ मा निर्वाचन लड्दै छन् ।






