बर्दिया|
बर्दियाको बाँसगढी नगरपालिकाले माघ १८ गते आईतबारबाट नगरपालिका भरि १ महिने निशुल्क स्वास्थ्य जाँच सेवा शुरु गरेको छ ।
नगरभित्रका ३० वर्ष माथिका नागरिकहरूका लागि घर दैलोमै पुगेर, बढि जमघट हुने ठाउँ र बस्तीमा गएर निशुल्क स्वास्थ्य जाँचसेवा शिविर सुरू गरेको बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काको सचिवालयले जानाएको छ ।

निशुल्क स्वास्थ्य जाँच शिविरमा सुगर जाँच, पिसाब परीक्षण, रक्तचाप (प्रेसर) जाँच, ग्युलकोज जाँच, सामान्य रोगसम्बन्धी परामर्श तथा चेकजाँच लगायतका सेवाहरु प्रदान गरिने उक्त सचिवालयले जनाएको छ ।

सहकार्य गरौँ, स्वस्थ बाँसगढी बनाऔँ, भन्ने मूल ध्ययेका साथ स्थानीय सरकार सधैं जनताको नजिक छ, जनताको सेवामा प्रतिबद्ध छ भन्ने कुरालाई थप स्थापित गर्न, यो कार्यक्रम सञ्चालन गरेको आयोजकको दावि छ ।
१ महिनासम्म चल्ने यस स्वास्थ्य चेकजाँच शिविर अभियानका क्रममा घर गाँउमा आउने स्वास्थकर्मीलाई साथ र सहयोग गर्न बाँसगढी नगरपालिकाले सम्पूर्ण नगरबासीमा अनुरोध गरेको छ ।





