काठमाण्डाै‌ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले  स्थानीय तह निर्वाचनमा उम्मेदवार हुन चाहनेले क्यान्डिडेट क्लब र लिडरसिप एकेडमीबाट उत्तीर्ण हुनुपर्ने नियम बनाएकाे छ ।

आज बसेको सचिवालय बैठकले उक्त प्रस्ताव पारित गरेको प्रवक्ता मनिष झाले जानकारी गराएका छन् । रास्वपाले पार्टी स्थापना गर्दा नै विधानमा उम्मेदवार क्लब (क्यान्डिडेट क्लब) को व्यवस्थाबारे उल्लेख गरेको छ ।

विधानको भाग– १९ अन्तर्गत धारा– ६३ मा यसबारे स्पष्ट व्यवस्था गरेको छ, जसमा ‘सबै तहको निर्वाचनमा उम्मेदवारी दिन इच्छुक व्यक्तिहरूको तोकिएबमोजिम सम्बन्धित तहमा उम्मेदवार क्लब हुने’ भनिएको छ । यसको गठन, अभिलेखीकरण, सञ्चालन, प्रशिक्षण र परीक्षणसम्बन्धी अन्य व्यवस्था नियमावली वा केन्द्रीय समितिले तोकोबमोजिम हुने उल्लेख छ ।

स्थानीय तहका उम्मेदवारलाई पारदर्शी बनाउन रास्वपाले विधानमै उम्मेदवार क्लब र  लिडरसिप एकेडेमीको व्यवस्था गरेको हो,  जसअनुसार पार्टीका सबै तहका समितिलाई जिम्मेवार बनाउन यसले भूमिका खेल्ने नेताहरूले विश्वास लिएका छन् ।

आजै पार्टी सभापति रवि लामिछानेलाई आचार्य नेतृत्वको समितिले उम्मेदवार छनोट रूपरेखा २०८३ को मस्यौदासमेत बुझाएकाे छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय