अक्षररेखा संवादाता
बाँसगढी, १६ जेठ
नेपाल स्वयंसेवी रक्तदाता समाज बाँसगढी नगर समिति, बर्दियाको तेस्रो अधिवेशन आज बाँसगढी बहुमुखी क्याम्पसमा सम्पन्न भएको छ ।
विनोद कुमार परियारको अध्यक्षतामा भएको तेस्रो अधिवेशनमा बाँसगढी नगरपालिकाका प्रशासन तथा योजना शाखा प्रमुख खडक बहादुर वली प्रमुख अतिथि रहेका थिए भने कार्यक्रमको सञ्चालन नेपाल स्वयंसेवी रक्तदाता समाजका जिल्ला उपाध्यक्ष सन्तोष बास्तोलाले गरेका थिए ।
नेपाल स्वयंसेवी रक्तदाता समाज रक्तदान महादानको अभियानलाई अझ सशक्त, व्यवस्थित र जनमुखी बनाउँदै मानव सेवामा लाग्ने पवित्र उद्देश्यका साथ यस क्षेत्रमा क्रियाशिल रहेको नेपाल स्वयंसेवी रक्तदाता समाजका जिल्ला उपाध्यक्ष सन्तोष बास्तोलाले बताएका छन् ।
अधिवेशनबाट ९ सदस्यीय नयाँ कार्य समिति गठन भएको छ । समितिको अध्यक्षमा शंकर सापकोटा, उपाध्यक्षमा प्रतिमा शर्मा पौडेल, सचिवमा लक्ष्मण घर्ती (गोपी), कोषाध्यक्ष्माा ललिता वली, सहसचिवमा शेरबहादुर गुजर रहेका छन् भने सदस्यहरुमा दानबहादुर बुढा, करसिङ बुढा, तीर्थ अर्याल र पप्पु अली रहेका छन् ।





