भूपेन्द्र बस्नेत, बाँके ।
बैजनाथ गाउँपालिकाको सहयोग तथा बिहानी मिडिया एण्ड मल्टिपल एकेडमी बर्दियाको आयोजनामा शनिबार देखी सुरु भएको २ दिने कानुनी सचेतना सम्बन्धि अभिमुखिकरण कार्यक्रम आज सम्पन्न भएको छ |
समाजिक रूपमा कानुनी सचेतना फैलाउने उदेश्य ले आयोजना गरिएको अभिमुखीकरण कार्यक्रम मा महिला हिंसा,बाल बिबाह ,मानव बेचबिखन,न्यायिक समिती बाट हुने बिवाद निरुपण लगायतका कानुनी बिषयमा प्रमुख प्रशिक्षक अधिबक्ता एवम् बैजनाथ गाउँपालिका कानुनी सल्लाहकार कपिलदेब शर्माले अभिमुखीकरण दिएका थिए ।
२ दिने तालिमको आज एक कार्यक्रमका बीच बैजनाथ गाउँपालिका उपाध्यक्ष एवम् न्यायीक समिती सयोजक निर्मला रोकायको प्रमुख आतिथ्यता तथा न्यायिक समिती सदस्य बिमला सिंह थारु र दीप बहादुर थापाको उपस्थितिमा तालिममा सहभागीहरु लाई प्रमाणपत्र बितरण गर्दै उपाध्यक्ष रोकायले कानुनी सचेतनाका माध्यमबाट समाजमा सकारात्मक सन्देश प्रबाह गर्न सहयोग पुग्ने बिश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा बैजनाथ गाउँपालिका भित्रका वडाबाट प्रतिनिधित्व गर्दै करिब ४९ जना सहभागिहरुको उपस्थिती रहेको थियो । बैजनाथ गाउँपालिको सभाहलमा सम्पन्न भएको उक्त कार्यक्रमको सभाध्यक्षता बिहानी मिडिया एण्ड मल्टिपल एकेडेमी प्रा.लि.का अध्यक्ष महेश अधिकारीले गर्नुभएको थियो ।





