बर्दिया |
बर्दियाको बाँसगढी बजारमा आज बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ७७ जना रक्तदाताले रक्तदान गरेका थिए ।
रक्तदाता दिवसको अवसरमा आयोजित उक्त कार्यक्रम नेपाल रेडक्रस उपशाखा बाँसगढी, नेपाल स्वयंसेवी रक्तदाता समाज र युवा सञ्जाल बाँसगढीको संयुक्त आयोजनामा तथा बाँसगढी नगरपालिकाको संरक्षकत्वमा बाँसगढी बहुमुखी क्याम्पस स्ववियु समिति, बाँसगढी नगर स्थित विभिन्न संघ संस्थाहरू, संगकाे सहकार्य साथै नेपाल रेडक्रस साेसाईटी जिल्ला शाखा, बाँकेकाे प्राविधिक सहयाेगमा भव्यरूपमा सम्मपन्न भएको छ।

सेवा नै धर्म हो भन्ने मुल मर्मका साथ रक्तदान जीवनदान भन्ने भावना अनुरुप ७७ जना रक्तदाताले उक्त कार्यक्रम मार्फत मानव सेवामा योगदान पुर्याएका छन्।

सामाजिक सेवाभावले प्रेरित सहभागी, सहयोगी तथा सहकर्मी सबैप्रति आयोजक संस्था मध्येको बाँसगढी युवा सञ्जालले आभार व्यक्त गरेको छ।



