अक्षररेखा संवाददाता
बाँसगढी, २५ असार

बाँसगढी नगरपालिका वडा नम्बर ५ स्थित पूर्व–पश्चिम राजमार्गमा ट्राफिक सचेतनासम्बन्धी कार्यक्रम गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाको आयोजना तथा जिल्ला प्रहरी कार्यालय बर्दिया, बाँसगढी उद्योग बाणिज्य संघ र कौशिल्या अस्पताल प्रालि बाँसगढीको समन्वय तथा सहकार्यमा इलाका प्रहरी कार्यालय बाँसगढीनजिक सो ट्राफिक सचेतना कार्यक्रम गरिएको हो ।

कार्यक्रममा पूर्व–पश्चिम राजमार्गमा चल्ने सवारी साधनका चालकहरूको विशेष किटद्वारा मादक पदार्थ सेवन तथा लागू पदार्थ सेवन चेकजाँच गरिनुका साथै उनीहरूको स्वास्थ्य परीक्षणसमेत गरिएको थियो । कौशिल्या अस्पतालका डा. जयकिशन बर्मासहितको स्वास्थ्यकर्मीहरूको टोलीले चालकहरूका आँखा, ब्लडपे्रसरलगायतको स्वास्थ्य परीक्षण गरेको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी निरीक्षक सन्देश बेल्वासेको नेतृत्वमा गरिएको चेकजाँचमा बाँसगढी उद्योग बाणिज्य संघका अध्यक्ष बद्री बराल, कौशिल्या अस्पताल प्रालि बाँसगढीका सञ्चालक शंकर न्यौपानेलगायत सहभागी थिए ।

करिब ५० जना चालकहरूको लापसे तथा मापसे चेकजाँच गर्दा कसैको पनि पोजेजिभ रिपोर्ट नआएको इलाका ट्राफिक प्रहरी कार्यालय बाँसगढीका प्रहरी नायब निरीक्षक माधव रावतले जानकारी दिए । चेकजाँचका क्रममा शंकास्पद तीन जनाको लापसे जाँच गर्दा उनीहरूको रिपोर्ट नेगेटिभ आएको रावतले बताए । सो क्रममा ट्राफिक नियम उल्लघंन गर्ने पाँच जनालाई कारबाही गरिनुका साथै कालो सिसा प्रयोग गर्ने दुईवटा सवारी साधनलाई सचेत गराइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय