अक्षररेखा संवाददाता
बाँसगढी, १६ असार
‘तपाईंले गरेको रक्तदान कसैका लागि जीवनदान’ भन्ने मूल नारासहित आज बाँसगढी नगरपालिका–५ स्थित सामुदायिक पुस्तकालय भवनमा रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।

युवा सञ्जाल बाँसगढी, नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँसगढी नगर समिति तथा रेडक्रस सोसाइटी उपशाखा बाँसगढीको आयोजनामा सम्पन्न रक्तदानमा ५३ पिन्ट रगत संकलन भएको युवा सञ्जाल बाँसगढीका अध्यक्ष राज थारूले जानकारी दिए ।

‘प्रत्येक स्वस्थ युवायुवतीले आफ्नो १८औँ जन्मोत्सवसँगै रक्तदानको सुरुवात गरौँ’ भन्ने आह्वानसहित रक्तदान कार्यक्रम गरिएको हो । सो अवसरमा आयोजक संस्था युवा सञ्जाल बाँसगढीका अध्यक्ष राज थारू, सल्लाहकार एकनारायण अधिकारी, उद्योग बाणिज्य संघ बाँसगढीका अध्यक्ष बद्री बराल, बिहानी मिडिया एन्ड मल्टिपल एकेडेमीका अध्यक्ष महेश अधिकारीलगायतले रक्तदान गरेका थिए ।

रक्तदान कार्यक्रममा उद्योग बाणिज्य संघ बाँसगढी, राधाकृष्ण थारू जनसेवा केन्द्र बर्दिया, बाँसगढी सामुदायिक पुस्तकालय, ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय, सशस्त्र प्रहरी बेसक्याम्प कतर्निया बर्दिया, महिला सञ्जाल बाँसगढीलगायतका संघसंस्थाहरूले समन्वय तथा सहकार्य तथा समन्वय गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय