अक्षररेखा संवाददाता
बाँसगढी, २३ असोज
बाँसगढी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा राजन घिमिरे आइपुगेका छन् । हिजो बिहीबारदेखि घिमिरेले आफ्नो कार्यभार सम्हालेका हुन् । यसअघि घिमिरे सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा कार्यरत थिए ।

यसअघि बाँसगढी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत नेबबहादुर वलीको काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा सरुवा भएको छ ।

गत मंगलबार बाँसगढी नगरपालिकामा आयोजित एक औपचारिक कार्यक्रममा नयाँ हाकिम घिमिरेको स्वागत तथा पुराना हाकिम वलीको बिदाइ गरिएको थियो ।

बाँसगढीमा कर्मचारीको कमान्ड सम्हाल्न आएका घिमिरेले अर्थशास्त्रमा पीएचडी गरेका छन् । उनले चीनबाट माइक्रो म्यानेजमेन्ट तथा उद्यमशीलता विकासमा पीएचडी गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय