अक्षररेखा संवाददाता
बाँसगढी, १२ कात्तिक
बाँसगढी नगर अस्पतालको आयोजनामा आज बाँसगढीमा नाक, कान, घाँटीसम्बन्धी विशेषज्ञ उपचार तथा परामर्श क्लिनिक सञ्चालन हुने भएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्राविधिक सहयोग तथा बाँसगढी नगरपालिकाको समन्वयमा सो क्लिनिक सञ्चालन हुन लागेको हो ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका विशेषज्ञ डाक्टरहरूसहितको टोलीद्वारा नाक, कान, घाँटी, श्रवण शक्ति परीक्षण एवम् उपचार तथा परामर्श सेवा प्रदान गरिने जनाइएको छ । सो सेवा लिन चाहने व्यक्तिले बाँसगढी नगर अस्पतालमा आज बिहान ९ बजेदेखि १ बजेसम्म आफ्नो नाम दर्ता गर्न सक्ने बाँसगढी नगरपालिकाका प्रमुख खड्कबहादुर खड्काको सचिवालयले जनाएको छ ।







