मङ्सिर – ११ |  काठमाडौँ |

सामाजिक सुरक्षा कोषले आज  नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौँमा  बिशेष समारोह बीच आफ्नो सातौ सामाजिक सुरक्षा दिवस मनाएको छ | स्थापनाको सातौ वर्ष पुगेको  आवसरमा आयोजित सामाजिक सुरक्षा दिवस कार्यक्रममा बाँसगढी नगरपालिका सहित देशका  ५ वटा पालिका सम्मानित भएका छन् |

प्रधानमन्त्री केपी शर्मा ओलीले  अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई पनि सुरक्षा कोषमा समावेश गर्न थालनी गरेका कारण बाँसगढी नगरपालिका सहित देशका  ५ वटा पालिकालाई  सम्मान गरेका हुन् |

बाँसगढी नगरपालिकाको तर्फबाट नगर प्रमुख  खड्गबहादुर खड्काले आज सातौं सामाजिक सुरक्षा दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीबाट सम्मान ग्रहण गरेका हुन |

बाँसगढी नगरपालिकाले  यस अघिनै महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरेको थियो |

२०७५ साल मंसीर ११ गतेबाट थालनी गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा हालसम्म   १९ हजार ७ सय  ६९  रोजगार दाता तथा  १७ लाख, ९७ हजार, ६४० जना श्रमिकहरु आवद्ध  भएको  सामाजिक सुरक्षा कोषले जनाएको छ |

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय