मङ्सिर १७ , बाँके |
बैजनाथ गाउँपालिकाको प्राङ्गणमा मंगलबार ३३ औं अन्तर्राष्ट्रिय अपांगता दिवशको अवसरमा वडा स्तरीय अपांग संन्जालका पदाधिकारीलाई हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ।
उक्त कार्यक्रमको सभाध्यक्ष सामाजिक बिकास समिति संयोजक भुमिसरा राना , प्रमुख अतिथीमा बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय, बिशिस्ट अतिथीमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने लगाएत जनप्रतिनिधि, कर्मचारीका साथै बैजनाथ गाउँपालिका अपांग संजालका पदाधिकारी,सदस्य एवं सर्बसाधारणहरुको उपस्थिति रहेको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख लक्ष्मी ज्ञवालीले जानकारी दिनुभयो ।

हाजिरी जवाफ प्रतियोगितामा १ नम्बर वडा स्तरीय अपाङ्गता संजाल प्रथम हुन् सफल भएको छ भने ,५ नम्बर वडा स्तरीय अपाङ्ग संजाल दोस्रो, ६ नम्बर वडा स्तरीय अपाङ्ग संजाल तेस्रो र ३ नम्बर वडा स्तरीय अपांग संजालले सान्त्वना स्थान प्राप्त गरेको थियो| प्रतियोगितामा प्रथम, दोस्रो,तेस्रो र सान्त्वना पुरस्कार क्रमस नगद रु ७ हजार र प्रमाणपत्र, ४ हजार र प्रमाणपत्र, ३ हजार र प्रमाणपत्र तथा सान्त्वना लाई २ हजार र प्रमाणपत्र प्रदान गरिएको महिला तथा बालबालिका शाखा प्रमुख लक्ष्मी ज्ञवालीले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख अतिथी रोकायले यस्ता खालका कार्यक्रमले अपांगता भएका व्यक्तिहरुको बौद्धिक क्षमताको बिकास हुनुका साथै नेतृत्व गर्ने क्षमताको पनि बिकास हुने बताउदै आगामी दिनहरुमा समेत यस्ता कार्यक्रम निरन्तर गर्नुका साथै स्थानीय सरकार संधै सबैको साथमा रहेको बताउनु भयो ।





