रावण विश्वकर्मा ।  बर्दिया। मङ्सिर २५ । 

बर्दियाको बाँसगढीमा नवनिर्मित थारु सांस्कृतिक केन्द्रको उद्घाटन गरिएको छ । बाँसगढी ५ लक्ष्मणपुरमा निर्माण गरिएको थारु सांस्कृतिक केन्द्रको मंगलबार लुम्बिनी प्रदेसका मुख्य मन्त्रि चेतनारायण आचार्यले उद्घाटन गर्नुभयो ।

थारु समुदायको भाषा, संस्कृति, कला र परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको थारु सांस्कृतिक केन्द्रको उद्घाटन गरिएको हो । केन्द्रको उद्घाटन समारोहमा लुम्बिनी प्रदेसका मुख्य मन्त्री चेतनारायण आचार्यले स्थानीय समुदायको भाषाभाषि समाचार, कार्यक्रमको माध्यमबाट समुदायिकलाई सुुसुचित गर्ने मात्रै नभई पर्यटनको माध्यमबाट आर्थिक उन्नति गर्न थारु संस्कृति महत्वपूर्ण रहेको बताउनुभयो । मुख्यमन्त्री आचार्यले हरेक निकायबाट १३ प्रतिशत थारु समुदायका लागि छुटट्ै कोटा छुट्याएको बताउनुभयो । उहाँले प्रदेस सरकारले आफ्नो निति तथा कार्यक्रममा पिछडिएको वर्ष र सिमान्तकृत वर्गका ब्यक्तिहरुको जीवनस्तर माथि उकास्न बिशेष कार्यक्रम अगाडी बढाएको बताउनुभयो ।

रेडियो गुर्वावा एफएमका कार्यकारी निर्देशक एकराज चौधरीले उपस्थित पाहुनाहरुलाई सांस्कृतिक केन्द्रको मुल ढोकामा रहेको चित्रको ब्याख्या गर्दै प्राचिनले गरेको कामको बारेमा जानकारी गराउनुभएको थियो । प्राचिनका अध्यक्ष सार्जने कामीको अध्यक्षतामा भएको कार्यक्रममा बाँसगढी नगर प्रमुख खड्क बहादुर खड्का, उपप्रमुख इन्द्रिरा चौधरी, संस्थापक मयेर शालिकराम अधिकारी, इलाका प्रशासन, ईलाका प्रहरी, उद्योग बाणिज्य संघ बाँसगढी अध्यक्ष बद्रिनाथ बराल, विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधि लगाएतको सहभागिता रहेको थियो ।

कार्यक्रममा हुंडुंगवा, झररा, झोक्रा, पैया थारु नाच, परम्परागत ढमार, गन्धर्भ समुदायको स्वागत गित र खानाका परिकार ढिक्री समेत रहेको थियो । उद्घाटन कार्यक्रमको सञ्चालन रेडियो गुर्वावा एफएमका स्टेशन म्यानेजर पुष्पा चौधरीले गर्नुभएको थियो । भने स्वागत प्राचिनका उपाध्यक्ष रामलौटन चौधरीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय