रावन विश्वकर्मा ।बर्दिया|

प्रथम थारु कृषि पर्यटन साँस्कृतिक मेला तथा बर्दिया माघ महोत्सव सुरु भएको छ । थारु कल्याणकारिणी सभा बाँसगढीको मुख्य आयोजनामा सञ्चालन हुने प्रथम थारु बर्दिया माघ महोत्सवको युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले शनिबार बिशेष समारोहका बिच उद्घाटन गर्नुभएको छ ।

मेलाको उद्घाटन गर्दै मन्त्री चौधरीले देशको बिकास र समुन्नतीको लागि शिक्षा अपरिहार्य भएको बताउनु भयो । शिक्षा बिना देश र समाजको विकास नहुने भन्दै समाजमा रहेका व्यप्त विकृति र खराव कुराहरुलाई निरुसाहित गर्न पनि शिक्षा महत्वपुर्ण रहेको उहाँको भनाई थियो । मन्त्री चौधरीले थारु, मुस्लिम लगायत लक्षित बर्गको आरक्षणमा कटौती नहुनेमा समेत जोड दिनुभयो ।

मेला उद्घाटन पुर्व बाँसगढी नगरपालिकामा रहेका ४५ बढी संघ संस्थाहरुको सहभागितामा बृहत र्याली निकालिएको थियो भने ३५ बढी बिभिन्न साँस्कृतिक झाँकी तथा नाच प्रर्दशन समेत गरिएको थियो । त्यस्तै बाँसगढी २ बेतहनी गाँउबाट ल्याईएको थारु समुदायको बिवाहमा प्रयोग गरिने डोली समेत मेलाको उद्घाटन कार्यक्रममा प्रर्दशन गरिएको थियो थियो भने मोडल तथा थारु कलाकार श्रीदेवी चौधरीले समेत उपस्थित दर्शकहलाई आफ्नो प्रस्तुति देखाउनु भएको थियो । थारु कल्याणकारिणी सभा बाँसगढीका अध्यक्ष तथा मेला मुल समिती संयोजक सिताराम थारुको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा संघिय सांसद तथा पुर्व खानेपानी मन्त्री अब्दुल खान, संघिय सांसद जावेदा खातुन, लुम्बिनी प्रदेस सांसदहरु भुवनेश्वर चौधरी, राज कुमार चौधरी लगायत बिभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधी, सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधी लगायतको उल्लेखनिय सहभागिता रहेको थियो ।

समाजमा रहेका विकृतिलाई निरुत्साहित गर्ने, परम्परा देखी चल्दै आएका राम्रा अभ्यासहरुको संरक्षण गर्ने र युवा पुस्तामा हस्तान्तरण गर्ने उदेश्यका साथ प्रथम थारु बर्दिया माघ महोत्सवको आयोजना गरिएको जनाईएको छ ।

शनिबार २७ गते देखी सुरु भएको महोत्सव माघ ७ गते सम्म चल्ने छ । आईतबार २८ गते देखी राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति सहित मेला भव्य हुने भएकाले मेला अवलोकनका लागि आयोजकले सबैलाई अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय