काठमाडौं : तिहारको आज औँसीको दिन भए पनि कुनै पर्व नपरेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका अनुसार यो वर्ष तिथिको घटबढका कारण औँसीका दिन बेलुकी गरिने लक्ष्मीपूजा हिजो नै गरिएको हो। समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलका अनुसार गाई पूजा भोलि परेको छ।

तिथिका घटबढका कारण पाँच दिनमा सकिने दोस्रो चाड तिहार यस वर्ष छ दिनसम्म लम्बिएको छ । कार्तिक कृष्ण त्रयोदशीका दिन सुरु हुने तिहार यस वर्ष कात्तिक १३ गते सुरु भएको थियो ।

शनिबार एकैदिन गाईगोरु पूजा, गोवर्द्धन पूजा, बलिपूजा, हलितिहार, म्ह (आत्म) पूजा र नेपाल संवत् ११४५ प्रारम्भ पनि गरी छवटा पर्व एकै दिन परेको समितिका कार्यकारी निर्देशक ढुंगेलले जनाए। आइतबार बिहान ११:३७ बजे भने भाइटीकाको साइत रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय