बाँके | : पाटेबाघको आक्रमणमा परी मृत्यु भएका व्यक्तीको परिवारलाई बैजनाथ स्थानीय सरकारले राहत उपलब्ध गराएको छ ।

बर्दियाको बाँसगढी नगरपालिका वार्ड न. ४ मा गत जेठ महिनामा  बाघको  आक्रमणबाट बैजनाथ गाउँपालिका वडा नम्बर ८ निवासी मनिषा रोकायको  मृत्यु भएको थियो । मृतक मनिषाका छोरा अवि रोकायको उच्च शिक्षा अध्ययनका लागि गाउँपालिकाले राहत उपलब्ध गराएको हो ।

राहत स्वरुप उनलाई ३० हजार रुपैयाँ उपलब्ध गराइएको छ । गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाही र उपाध्यक्ष निर्मला रोकायले नगद हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय