बाँके |  पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको पुरस्कार अर्पण तथा विशेष प्रवचन कार्यक्रम सम्पन्न भएको छ ।

प्रतिष्ठानको आयोजनामा विशेष समारोह गरी कर्मयोगी बद्रीविक्रम थापाको स्मृतिमा स्थापित दुई पुरस्कार अर्पण गरिएको हो । वर्ष २०८१ को कर्मयोगी बद्रीविक्रम पूर्णिमा वाङ्मय पुरस्कारबाट नेपाली लोकगीत र साहित्य क्षेत्रमा सक्रिय रोल्पाकी स्रष्टा पवित्रा घर्तीलाई र कर्मयोगी बद्रीविक्रम पूर्णिमा युवा प्रतिभा पुरस्कारबाट नेपाली गजल, कविता जस्ता विधामा साधनारत स्रष्टा ऋषि शर्मा सुदामालाई प्रदान गरिएको छ ।

कार्यक्रममा बाँके, बर्दिया, दाङ, सुर्खेत र काठमाण्डौँका गरी १०० जति साहित्यिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । सहसचिव प्रकाश मरासिनीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष पुष्कर रिजालले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय