काठमाडौँ, ७ मङ्सिर |   दरबार मार्गमा भएको कार्यक्रममा जथाभावी फोहोर गरेको भन्दै काठमाडौँ महानगरपालिकाले नेकपा एमालेलाई १ लाख रुपैयाँ जरिवाना तिराउने भएको छ।

काठमाण्डौ महानगरको तर्फबाट नगर प्रहरी प्रमुख लिलाराज गाछाले नेपाल कम्यूनिष्ट पार्टी (एमाले) मुख्यालयको नाममा एक पत्र जारी गर्दै दरबार मार्ग स्थित खुल्ला सडकमा जागरण सभाका नाममा गरेको कार्यक्रमले त्यहाँ स्थित सडक तथा सडक पेटीमा जथाफावी फोहोर मैला गरी वातावरण प्रदुषण गरेको भन्दै १ लाख रुपैया जरीवाना तोकेको छ ।

नेकपा (एमाले) ले आज काठमाडौँको दरबारमार्गमा जागरण सभाको आयोजना गरेको  थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय