मङ्सिर -७ | काठमाडौँ |  नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई कार पुरस्कार प्रदान गरिने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काका अनुसार एनपीएलका सर्वोत्कृष्ट नेपाली खेलाडीलाई शारडा ग्रूपको तर्फबाट कार प्रदान गरिने छ।

पारस खड्काले भने, “एनपीएल पश्चात कुनै एक उत्कृष्ट नेपाली खेलाडीले गाडी चढ्नुपर्छ भन्ने मनसायका साथ यो सम्झौता गरिएको हो।”

हालसम्म कुन कम्पनीको कार र त्यसको मूल्य कति हुने भन्ने खुलाइएको छैन।

एनपीएलको पहिलो संस्करणका लागि ओमोडा एन्ड जेइको सहप्रायोजकको रूपमा साझेदारी गरेको छ। एसपिजि अटोमोबाइल्सका निर्देशक गौरव शारडाले यो सहकार्यले नेपालमा क्रिकेटको प्रवर्द्धन र विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय