रावण बिश्वकर्मा | बार्दिया | पौष ५ |
बाँसगढी नगरपालिकामा ७ औ नगरस्तरीय राष्ट्रपति रनिङ्गशिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । शुक्रबार लुम्बिनी प्रदेसका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेनाले ७ आँै नगरस्तरीय राष्ट्रपति रनिङ्गशिल्ड खेलकुद प्रतियोगिताको भव्य समारोहका बिच उद्घाटन गर्नुभएको छ ।
खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री तिमिल्सेनाले बाँसगढीको शिक्षा क्षेत्रको विकास सँगै खेलकुद क्षेत्रको विकासमा समेत कठिबद्ध रहेको बताउनु भयो । शिक्षा क्षेत्रको विकास सँगै गुणस्तरीय शिक्षा अहिलेको आवश्यकता रहेको औल्याउनु भयो ।

खेलकुद प्रतियोगिताको उद्घाटन कार्यक्रममा बाँसगढी नगरपालिकामा रहेका सामुदायिक तथा संस्थागत ३५ विद्यालयहरुले मार्च पासमा भाग लिएका थिए । प्रतियोगिताको उद्घाटन खेलमा मार्च पास सँगै साँस्कृतिक झाँकी समेत प्रस्तुत गरिएको थियो । बाँसगढी नगर खेलकुद बिकास समितिका संयोजक नैन बहादुर खत्रीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्का, उपप्रमुख इन्दिरा कुमारी चौधरी, १ देखि ९ वडाका वडा अध्यक्ष, सदस्य, बाँसगढी नगर भित्रका बिद्यालयका शिक्षक, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष, बिद्यार्थी, नगरपालिकाका बिभिन्न शाखाका प्रमुखहरु कर्मचारी र राजनितिक दलका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
बाँसगढी २ राँझाको खेलमैदानमा सुरु भएको खेलकुद प्रतियोगितामा मावि, आवि १४ र सामुदायिक मावि, आवि २४ गरेर ३८ बिद्यालयले बिभिन्न खेलकुद विधामा सहभागिता जनाउने छन् । शुक्रबार पौष ५ गते देखी सुरु भएको प्रतियोगिता पौष ८ गते सम्म चल्ने छ । कबड्डी, भलिबल, एथलेटिक्स र मार्सलआर्ट गरी ४ विधाका छात्र, छात्रा गरी छुट्ट छुट्टै खेल हुने आयोजकले जनाएको छ ।





