काठमाडौं ।

परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षाको नतिजा सार्बजनिक गर्ने तयारी गरको हो ।  नतिजा प्रकाशनका लागि बोर्ड बैठक आज ५ बजे बोलाइएको छ ।

कक्षा १२ को परीक्षा बैशाख २१ गतेदेखि जेठ २ गतेसम्म भएको थियो । कक्षा १२ को परीक्षामा ५ लाख ११ हजार ५२५ विद्यार्थी सहभागी भएका थिए । नियमिततर्फ ३ लाख ९५ हजार ९ सय र आंशिकतर्फ १ लाख १५ हजार ६ सय परीक्षार्थी थिए  ।

कक्षा १२ को परीक्षामा सबैभन्दा कम मनाङमा ४५ जना सहभागी थिए भने सबैभन्दाबढी काठमाडौंमा ६८ हजार १३३ जना सहभागी थिए । त्यस्तै जापानमा रहेको एक विद्यालयका ३७ जना नेपाली विद्यार्थी पनि सहभागी भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय