२८ असोज,बर्दिया |
बर्दिया जिल्लाको बाँसगढीमा जारी बाँसगढी प्रिमियर लिग (BPL) सिजन ३ को दोस्रो खेलमा बाँसगढी रोयल टाइगर्सले सशक्त प्रदर्शन गर्दै माछागढ सुपर स्ट्राइकर्सलाई १३ रनले पराजित गरेको छ।

टस जितेर पहिला ब्याटिङ रोजेको बाँसगढी रोयल टाइगर्सले १५.३ ओभरमा ११५ रनको प्रतिस्पर्धात्मक स्कोर खडा गर्यो। टाइगर्सका लागि राहुल शर्माले सर्वाधिक ३७ रन बनाए भने नविन न्यौपानेले २४ रनको योगदान दिए।
बलिङतर्फ माछागढ सुपर स्ट्राइकर्सका राजन शाही सबैभन्दा सफल रहे, उनले ४ विकेट हात पार्न सफल भए। सोलुप चौधरी र नितेश न्यौपानेले समान २-२ विकेट लिए भने युवराज ओलीले १ विकेट लिए।

यो जितसँगै रोयल टाइगर्सले BPL सिजन ३ मा विजयी यात्रा सुरु गरेको छ।





