गुलरिया | पर्वत बर्दिया समाजको प्रथम जिल्ला भेला आज बर्दिया जिल्लाको गुलरियामा सम्पन्न भएको छ।
प्रथम जिल्ला भेलाले तुलसी प्रसाद तिमिलसिनाको अध्यक्षतामा २१ सदस्य जिल्ला कार्यसमिति चयन गरेको छ। उपाध्यक्षमा केशवराज पौडेल, लेखनाथ भुसाल, सचिवमा डीलबहादुर केसी (क) कोषाध्यक्षमा डिलबहादुर केसी (ख), सह सचिवमा अर्जुन सुवेदी, उप कोषाध्यक्ष विष्णुमाया भुसाल, सदस्यहरूमा गोविन्द शर्मा रेग्मी, कमलनाथ सुवेदी, मुकुन्द प्रसाद रेग्मी, मीन प्रसाद शर्मा पौडेल, अमर बहादुर केसी, लाल प्रसाद भुसाल, कृष्ण भुसाल, विश्वास कुमार जिसी, कृष्ण श्रेष्ठ, अर्जुन पौडेल रहेका छन भने बाँकी तीन सदस्य गेरुवा राजापुर ठाकुरबाबाबाट पछि कार्यसमितिले पदपूर्ति गर्ने निर्णय भएको आयोजकले जनाएको छ ।
कार्यक्रममा प्रमुख अतिथि पूर्ण शर्मा, अतिथि डिल्लीराम आचार्य, अतिथि खडानन्द तिवारी कार्यक्रमको सफलताको शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।


