आगामी महाधिवेशनको लागि एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले  अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका छन् ।  आज एक लामो वक्तव्य जारी गर्दै मंसिर २७,२८ र २९ गते हुने ११औं राष्ट्रिय महाधिवेशनको लागि औपचारिक रुपमा उनले उम्मेदवारी घोषणा गरेका हुन् ।

पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अभिभावकीय भूमिकामार्फत् निकास दिन पनि आग्रह गरेका छन् । ‘ …पार्टी निर्माण सम्बन्धी माथि उल्लेखित विचारको आधारमा ११औं राष्ट्रिय महाधिवेशनमा पार्टी अध्यक्ष पदको उम्मेदवारको रुपमा प्रस्तुत हुने निष्कर्षमा पुगेको छु’, पोखरेलले भनेका छन्, ‘पार्टी पुनर्गठन र रुपान्तरणका लागि देशभरीका साथीहरुले गर्नुभएकोआग्रह र सुझावलाई स्वीकार गरेर अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको हुँ।’

वरिष्ठ उपाध्यक्ष पोखरेललाई उपाध्यक्षहरु सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्यलगायतले साथ दिएको बताइन्छ । सचिवहरु गोर्कण विष्ट र योगश भट्टराई, पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटा, स्थायी समिति सदस्य कर्ण थापासहितका नेताहरू पनि पोखरेलको पक्षमा खुलिसकेका छन् ।

वक्तव्यको पूर्ण पाठ तलको लिंकमा क्लिक गरी पढ्न सकिने छ ।

कमरड-ईशवर-पखरलक-वकतवय

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय