अक्षररेखा स‌म्बादाता। बर्दिया

बर्दियाको ठाकुरबाबा नगरपालिकामा अाज १५ शैयाको नगर अस्पताल सञ्चालनमा आएको छ ।

एक कार्यक्रमका बिच  नगरप्रमुख तिलकराम लम्सालले  नगरअस्पतालको उद्‌घाटन गर्नुभएको छ ।

२०७८ जेठ देखि नगरअस्पतालको निर्माण सुरु भएकाे अस्पतालको भवन तीन ओटा ब्लक रहेका रहेका छन्।

१२ करोडको ८४ लाखको लगानीमा ठाकुरबाबा नगरपालिका वडा नं ३ नेउलापुरमा विशेषज्ञ सेवा दिन सकिने गरी १५ शैयाको अस्पताल सञ्चालनमा आएको छ ।

भवन  सँगै पार्किङ, क्यान्टिन समेत निर्माण भएको छ ।अस्पतालबाट २४ सै घण्टा आकस्मिक कक्ष, बहिरङ्ग सेवा, अन्तरङ्ग सेवा, शल्यक्रिया कक्ष, गुणस्तरीय ल्याव, भेन्टिलेटर सहित सर्प दंशको उपचार सेवा, निःशुल्क शव वाहन तथा शव चिस्यान सेवा, रक्तसञ्चार सेवा, आँखा उपचार सेवा समेत सञ्चालनमा ल्याइने भएको छ ।

भवनको उद्‌घाटन गर्दै नगरप्रमुख लम्सालले पुरानो भवन देखि सेवा दिँदा अस्पताल र सेवा ग्राहीलाई समस्या भएको हुनाले नयाँ भवन देखि नयाँ तरिकाले सेवा दिइने बताउनुभयो । उहाँले विभिन्न स्थानमा छरिएर रहेका वर्थिङ्ग सेन्टरलाई एम्बुलेन्स सेवा निःशुल्क गरि नगर अस्पतालमा एकीकृत गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

ठाकुरबाबा नगरपालिकाकी उपप्रमुख बिना भट्टराईले अस्पताललाई व्यवस्थीत र स्तरीय बनाउनका लागि नगरपालिका सदैव लागिरहेको बताउनुभयो ।

नगरअस्पतालको आम्दानी र खर्च नगरपालिकाकै मातहतमा रहँदै आएको बताउँदै सुविधा सम्पन्न अस्पतालबाट अब नगरवासीले सेवा पाउने उहाँले बताउनुभयो ।

ठाकुरबाबा नगरअस्पताल विकास समितिका अध्यक्ष चिरञ्जीवी योगीले अस्पतालमा स्वास्थ्य बिमा गरेका बिरामीलाई समेत सेवा दिइरहेको बताउनुभयो । हाल अस्पतालमा तीन जना चिकित्सकले सेवा दिइरहेको बताउँदै निकट भविष्यमा एमडिजिपि चिकित्सक सहितको सुविधा दिने योजना रहेको बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय