भूपेन्द्र बस्नेत
बाँके |
बैजनाथ गाउँपालिका वडा न.८ थपवा स्थीत शंकर माध्यामिक बिध्यालय को नवनिर्मित शैक्षिक भवन तथा प्रशासनिक भवनको बुधबार आयोजित एक कार्यक्रमका बीच बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाही र बैजनाथ गाउँपलिका उपाध्यक्ष निर्मला रोकाय ले सयुक्त रुपैया रिबन काटेर उद्घाटन गर्नुभएको छ|

आ.ब.८०/८१ र आ.ब.०८१/०८२ को संघीय सरकारको अनुदान रकम तथा बैजनाथ गाउँपालिकाको ठेक्का मार्फत करिब २ करोड ४० लाख रुपैयाको लागतमा सम्पन्न उक्त योजना मार्फत ८ कोठे शैक्षिक भवन र प्रशासनिक भवन तथा पर्खाल निर्माणको कार्य सम्पन्न भएको हो|

बिध्यालय भवन को समुधघाटन गर्दै कार्यक्रमका विशिष्ट अथिती एवम् बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले बिध्यालय यस क्षेत्रकै पुरानो तथा गौरवपुर्ण ईतिहास बोकेको बिध्यालयलाई जीर्णा भवनबाट नयाँ जीवन प्रदान गर्न आफुहरु ले चुनावी समयमा स्थानीय मतदाता समक्ष गरेको बाचा पुरा गरेको र अब आगामी दिनमा बिध्यालयलाई कृषी प्राबिधिक धारको बिध्यालयको रुपमा उन्मुख गराउने कार्य भईरहेको र यसकाका लागि पालिकाले हरेक किसिमको सहयोग बिध्यालयलाई गर्न आफुहरु प्रतिबद्ध रहेको समेत बताउनुभयो |

यस्तै कार्यक्रमका प्रमुख अतिथि एवम् बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले सुबिधा सम्पन्न र बालमैत्री पुर्बाधार निर्माण गर्दै बैजनाथ गाउँपालिका भित्रका हरेक बिध्यालयलाई पुर्बाधार युक्त बनाउन आफुहरु प्रतिबद्ध रुपमा लागि परेको र शैक्षिक बाताबरणलाई ससक्त रुपमा अगाडी बढाउन हरेक अभिभावकले बिध्यालय हाम्रो हो भन्ने धारणाको बिकास गर्न जरुरी रहेको बताउनु भयो |
२०१४ साल मा स्थापना भएको बिध्यालय यस क्षेत्रकै सबैभन्दा पुरानो बिध्यालयको रुपमा चिनिन्छ भने यस बिध्यालयको आफ्नै नाममा रहेको २८ बिघा जमिन समेत रहेको छ |
उक्त उद्घाटन कार्यक्रमको सभाध्यक्ष बिध्यालय ब्यवस्थापन समितिका अध्यक्ष राधेश्याम थारुले गर्नु भएको थियो भने विद्यालयका प्रअ खेम बहादुर बमले विद्यालयकाे अवस्थाकाे बारेमा जानकारी गराएका थिए। कार्यक्रमको सन्चालन शिक्षक उपेन्द्र बहादुर बिष्ट ले गरेका थिए|
