भूपेन्द्र बस्नेत
बाँके ।

नेपाली कांग्रेस बाँके क्षेत्र नं. ३ को आयोजना तथा नागरिक सम्पर्क कार्यालयको व्यवस्थापनमा एक दिने स्थानीय सरकार र पार्टी संरचना सुदृढीकरण तथा अभिमुखीकरण कार्यक्रम बैजनाथ ५ स्थित कृष्णकमल रिर्सोटमा बिहिबार सम्पन्न भएको छ । उक्त अभिकुखीकरण कार्यक्रममा संघीयता विज्ञ डा. खिमलाल देवकोटाले संघीयताको उपलब्धी, प्राध्यापक डा. कुस्माखर न्यौपानेले नेपाली काँग्रेस र अबको बाटो र डा. सुदन कुमार वलीले संघीयतामा आर्थिक सबलिकरणका विषयमा प्रशिक्षण भएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनको प्रमुख आतिथ्यता तथा पूर्व केन्द्रिय सदस्य प्रकाश पन्त, बाँके जिल्ला सभापति नारायण प्रसाद गौंडेल, सचिव सुधान्सु कोईराला लगायतका करिब २०० जना अगुवा नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

प्रशिक्षण कार्यक्रमले पार्टीमा पछिल्लो अवस्थामा देखिएको समस्या, गत फागुन २१ मा सम्पन्न भएको प्रतिनिधि सभाको निर्वाचन लगायतका विषयमा नेता कार्यकर्तामा प्रस्ट सन्देश प्रवाह गर्नुका साथै आगामी दिनमा जनतामाझ पार्टीले खेल्ने भूमिकाका बारेमा समेत उक्त कार्यक्रममा छलफल भएको थियो ।

सहभागि अगुवा नेता कार्यकर्ताहरुले यस्ता खालका अभिमुखीिकरण कार्यक्रले पार्टीमा पुर्नजागरण आशा र विश्वास व्यक्ता गरेको थिए ।
अभिमुखीकरण कार्यक्रमको सभाध्यक्षता नेपाली कांग्रेस क्षेत्र नं. ३ का सभापति मो. नकी खाँ ले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय